मेयर उम्मेदवार सरावगीका लागि बालक लिएर भोट माग्दै सहिदका परिवार

2212

Share
  •  
  •  
  •  

वीरगन्ज १९ भाद्र वीरगन्जका मेयरका उम्मेदवार विजय सरावगी तथा उप(मेयरको उमेदवार पिंकीयादवको नेतृत्वमा शोमवार वीरगन्ज महानगरपालिकाको वडा नम्बर १६ नगवामा आफनो बालक लिएर भोट माग्दै हिडेका छिन सहिदका परिवार उनलाई भोट मागेको देखेर नगवाका मतदाताहरु भाभुक भएका थिए ।
संघीय समाजवादी पार्टीका वीरगन्जका मेयरका उम्मेदवार विजय सरावगी तथा उप(मेयरको उमेदवार पिंकीयादवको नेतृत्वमा शोमवार वीरगन्ज महानगरपालिकाको वडा नम्बर १६ नगवामा घरदैलो कार्यक्रम सम्पन्न भएको छ । घरदैलो कार्यक्रममा पार्टीका नता तथा कार्यकर्ताहरुको व्यापक सहभागीता रहेको थियो ।
वडामा पुगेको फोरमको चुनावी टोलीलाइ स्थानियले स्वागत गर्दै विभिन्न नाराहरु समेत लगाएका थिए । अगामी असोज २ गते हुने स्थानीय निकायको चुनावको लागि पार्टीको पक्षमा प्रचास प्रसार गर्दै फोरम पर्साले विहान र दिउसो घरदैलो कार्यक्रम चलाएपछि चुनावचिन्ह मशालको पक्षमा गजबको जनलहर चलेको छ ।
घरदैलोमा संघीय समाजवादी फोरम नेपालको तर्फका वीरगन्ज महानगपालिका मेयरका उम्मेदवार विजय सरावगी, उपमेयरका उम्मेदवार पिंकी यादव, जिल्ला उपाध्यक्ष तथा नगर इन्चार्ज सुन्दर कुर्मी, नगर समिति अध्यक्ष मुकेश द्विवेदी, वडा नम्बर १६ का वडा अध्यक्षका उम्मेदवार अजय चौरसिया, दलित नेता नन्दलाल राम, एकाइ अध्यक्ष अरुण यादव, युवा नेता नासिर खान, प्रभु चौरसिया, विद्यार्थी नेता निखिल वर्णवाल, रोहित वर्णवाल लगायात अन्य नेता, कार्यकर्ता तथा वडाका अगुवा व्यक्ति र सयौं कराकर्ताहरुको उपस्तिथी रहेको थियो ।
कार्यक्रममा स्थानिया जनता संग अन्तरक्रिया गर्दै मेयर उम्मेदवार सरावगीले वीरगन्जको विकासका लागि फोरम नेपालको विकल्प नरहेको बताउनु भएको थियो । सरावगीले वीरगन्जमा अहिले सम्म आएको नेतृत्वले आफ्नो कार्य सहि ढंगले नगरेका कारण वीरगन्जको विकास नहुन सकेको बताउदै वीरगन्जको विकासका लागि आफुलाई मशाल चिन्हमा मतदान गरि विजयी गराउन अनुरोध गर्नुभएको थियो ।
त्यसैगरि उप(मेयर उम्मेदवार पिंकी देवी यादवले उनको पहिलो प्राथमिकता महिलाहरुको विकास रहेको बताउनु भएको थियो । यादवले कार्यक्रममा बोल्दै उनको जितले वीरगन्जका महिलाहरुका लागि अवसरको ढोका खोल्ने बताउनु भएको थियो र फोरम नेपाललाई मशाल चिन्हमा मतदान गरि विजयी बनाउन अनुरोध गर्नु भएको थियो ।
घरदैलो सहभागि उम्मेदवार तथा पार्टीका नेताहरुले मशाल छापमा मतदान गर्न आग्रह गर्दै अगाडी बढी रह्दा स्वागतमा वडाका स्थानीयले मधेस र उम्मेदवारहरुको पक्षमा नारा लगाउदै फोरम नेपालका मशाल छापमा अत्यधिक मत दिएर जिताउन प्रतिवद्धता समेत व्यक्त गरेका थिए । मधेसी एकता जिन्दावाद, ‘वीरगन्जको मेयर कस्तो, विजय सरावगी जस्तो,उपमेयर कस्तो पिंकी यादव जस्तो, वीरगन्ज महानगर,माशाल छापको लहर, मशालमा भोट हालौं, विजय सरावगीलाई विजयि बनाऔं’ लगायतका नाराहरु घरदैलो कार्यक्रम सहभागि स्थानीयले लगाएका थिए ।’
 


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here