वीरगन्ज १८ भदौ संघीय समाजवादी पार्टीका वीरगन्जका मेयरका उम्मेदवार विजय सरावगी तथा उपमेयरको उमेदवार पिंकी यादवको नेतृत्वमा आइतवार वीरगन्जको विभिन्न वडामा घरदैलो सम्पन्न भएको छ । वीरगन्जमा फोरमको आधुनिक सैलिको प्रचार र प्रसारले डराउन थाले वीरगन्जमा अन्य दलहरु । संघीय समाजवादी फोरम नेपाल पर्सा द्वारा आयाजित घरदैलो कार्यक्रममा वीरगन्ज महानगरपालिकाका मेयर उम्मेदवार विजय कुमार सरावगी र उप९मेयर उम्मेदवार उम्मेदवार पिंकी यादव, वडा नं। १ अध्यक्षका उम्मेदवार दिनेश साह र वडा नं। ३ का अध्यक्षका उम्मेदवार दिनेश सर्राफको विशेष सहभागीतामा वीरगन्ज महानगरपालिका वडा नं। १ र ३ छपकैया, बर्हम्बाबा स्थान, भाखुवा प्रहरी चौकि टोल, जिल्ला शिक्षा कार्यालय एरियाचोक, सिसोबारी, मालपोतरोडमा आयोजना थियो । घरदैलो कार्यक्रममा पार्टीका महिला नेतृ अध्यक्ष मिथलेश सिंह, नगर अध्यक्ष मुकेश द्विवेदी, उपाध्यक्ष घनश्याम गुप्ता, नगर सदस्य दिपु कलवार, युवा नेता नासिर खान, विद्यार्थी नेता निखिल वर्णवाल, रोहित वर्णवाल लगायात नेता, कार्यकर्ता एवम् वडाका अगुवा व्यक्तिको उपस्तिथी रहेको थियो । घरदैलो कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताहरुको व्यापक सहभागीता रहेको थियो । गाउँमा पुगेको फोरमको चुनावी टोलीलाइ स्थानियले स्वागत गर्दै विभिन्न नाराहरु समेत लगाएका थिए । अगामी असोज २ गते हुने स्थानीय निकायको चुनावको लागि पार्टीको पक्षमा प्रचास प्रसार गर्दै फोरम पर्साले विहान र दिउसो घरदैलो कार्यक्रम चलाएपछि चुनाव चिन्ह मशालको पक्षमा गजबको जनलहर चलेको छ । घरदैलो सहभागि उम्मेदवार तथा पार्टीका नेताहरुले मशाल छापमा मतदान गर्न आग्रह गर्दै अगाडी बढी रह्दा स्वागतमा गाउँका स्थानीयले मधेस र उम्मेदवारहरुको पक्षमा नारा लगाउदै फोरम नेपालका मशास छापमा अत्यधिक मतदिएर जिताउन प्रतिवद्धता समेत व्यक्त गरेका थिए । मधेसी एकता जिन्दावाद, ‘वीरगन्जको मेयर कस्तो, विजय सरावगी जस्तो,उपमेयर कस्तो पिंकी यादव जस्तो, वीरगन्ज महानगर, माशाल छापको लहर, मशालमा भोट हालौं, विजय सरावगीलाई विजयि बनाऔं’ लगायतका नाराहरु घरदैलो कार्यक्रम सहभागि स्थानीयले लगाएका थिए ।’