×

वीरगन्ज १८ भदौ असोज २ गते हुने स्थानीय तहको निर्बाचनको लागि एमालेबाट उम्मेदवार बन्ने अधिकाँस गाऊँ पालिकाको प्रमुख तथा उपप्रमुख र नपाका वडा अध्यक्षहरुको नामावली आज सार्वजानीक भएको छ । एमाले पर्साका संयोजक प्रभु हजराले हस्ताक्षर गरि जारी गर्नुभएको लिष्टमा महानगरपालिकाको प्रमुखमा बसुरुद्धिन अन्सारी तथा उपप्रमुखमा सोफिया आचार्य रहनु भएको छ भने पोखरिया नपाको प्रमुखमा बृजेश चौहान र उपप्रमुखमा मिना देबि कनुइन बहादुरा माई नपाका प्रमुृखमा प्रमोद कुशवाहा तथा उपप्रमुखमा सरस्वति देबि साह रहनुभएको छ । त्यसैगरि पर्सा गढी गाऊँ पालिकाको प्रमुखमा हृदयनारायण साह तथा उपप्रमुखमा सरस्वति भट्राई रहनु भएको छ । त्यसैगरि ठोरि गाऊँ पालिकाको प्रमुखमा लालबहादुर श्रेष्ठ उपप्रमुखमा गोकुल कुमारी रेग्मी, जिरा भवानीमा रामपृत महतो थारु, उषादेखि थरुनी, धोबिनी गाऊँ पालिकामा इस्लाम मियाँ तथा उपाध्याक्षमा रामकली देबि, छिपहर माइमा रणजित गुप्ता र आशादेबि यादब, जगरनाथपुरा गाऊँ पालिकाको प्रमुख र उपप्रमुखमा बासुदेव राम र रवनी पाण्डे, पटेर्वा सुगौलीमा हरिनारायण चौधरी संजु चौधरी, सखुवा प्रसौनीमा निरराज गिरि र केदार कुमार बिक तथा पकाहा मैनपुरमा मदन पासवान र प्रमिला देबि दास, कालिका माईका प्रमुखमा कृष्णमोहन तिवारी बिन्दवासिनीमा गौरिशंकर साह तथा उपाध्याक्षमा रेनु चौरसियालाई प्रमुख तथा उपप्रमुखको उम्मेदवार बनाउने भएको छ । त्यस्तै महानगरपालिकाको वडा अध्यक्षहरुमा क्रमश १ मा भिखम महतो, ३ मा निरञ्जन मिश्र, ४ मा सुदिप लामा, ५ मा प्रदिप सिँह ठकुरी, ६ मा विश्वनाथ अग्रवाल, ८ मा राजकिशोर गुप्ता, ९ मा बिनयलाल साह, १० मा श्रीलाल रौनियार ११ प्रद्युम्न सेढाईं, १२ मा सुरेश गुप्ता, १३ मा हिरा गिरि, १५ मा गगनदेव पटेल, १६ मा रामाधार चौरसिया। १७ किशुन देव यादब, १८ मा रामानन्द पटेल। २० मा शत्रुधन शुक्ला २१मा राजेनद्र राउत अहिर, २२ मा शिव ठाकुर, २३ मा अवधकिशोर कुशवाहा, २७ मा प्रदिप यादब, २९ मा नबिजान अन्सारी, ३० मा अमानत अन्सारी, ३१ मा सुलेमान अन्सारी, ३२ मा रामनारायण महतो उम्मेदवार रहनु भएको छ । वाँकी रहेका वडाहरुमा भने शिघ्र उम्मेदावर चयन हुने कुरा बिज्ञप्तीमा जनाइएको छ । यसैबीच पर्सा गढी नपा र बहादुरा माईनपाको सम्बन्धमा भने निर्बाचन क्षेत्र नम्बर ३ का माननीय सांसद राजकुमार गुप्ताले गम्भिर असहमति जनाउन हुँदै यसको निर्णय पुनरावलोकन नभएमा गम्भिर अवस्था आउने चेतावनी समेत दिनुभएको छ ।

Back to top