×

वीरगन्ज १५ भदौं सुरक्षाको माग गर्दै स्वास्थ्यकर्मीले बुधबार वीरगन्जका सबै अस्पतालमा सेवा ठप रहेपनि बिहीबार बाट वीरगन्जका स्वास्थ्यकर्मीहरु सबै सेवा सुचारु गरेका छन । स्वास्थ्यकर्मीको आन्दोलनका कारण बुधबार नारायणी उपक्षेत्रीय अस्पतालको आकस्मिक सेवा बाहेक अन्य सबै अस्पतालमा सेवा ठप्प पारेका थिए । एक चिकित्सकमाथि भएको हातपातको विषयलाई लिई भदौं १४ गते एक दिनका लागि वीरगन्ज महानगरपालिका भित्र रहेको सम्पुर्ण स्वास्थ्य संस्था, शिक्षण अस्पताल, नर्सिङ्गहोम बन्द गर्ने चिकित्सक संघले मंगलबार एक विज्ञप्ती प्रकासित गरि जनाएका थियो । चिकित्सक संघका नारायणी शाखाका अध्यक्ष डा. जगदिश आग्रवालले भने भदौं १० गते शनिबारका दिन विहान ९ः३० बजेको समयमा वीरगन्जको एडभान्स अस्पतालमा कार्यरत रहेका डा. सन्जय कुमार अग्रवाललाई हातपात गरिएको र सो घटनामा संलग्नलाई पक्राउ गरी कार्यवाही गर्न स्थानिय प्रहरी प्रशासनलाई आग्रह गर्दा समेत कुनै सुनुवाई नभएको विरोधमा महानगरपालिका भित्रको सबै स्वास्थ्य संस्थालाई एक दिनका लागि बन्द गरे पनि आज देखि सबै सेवा सुचारु गरेका छौ । एडभन्स अस्पतालमा उपचारका लागि आएका विरामीको उपचारमा चिकित्सकले लापरवाही गरेको आरोप लगाउदै चिकित्सक अग्रवाललाई कुटपिट गर्ने व्यक्तिलाई पक्राउ गरी कार्यवाही गर्न स्थानिय प्रहरी प्रशासनलाई आग्रह गर्दा समेत कुनै चासो नलिएको कारण बाध्य भएर सबै सेवा एक दिनका बन्द गरेको थिऔ पर्सा प्रहरीले दोसीलाई पक्राउ गरेर कारवाही गर्ने आस्वासन दिएको ले आज देखि वीरगन्ज भित्र रहेका सबं सेवा हामीले सुचारु गरेका छौ डा. मनोज गुप्ताले जनाए ।

Back to top