×

वीरगन्ज १५ भदौ संघीय समाजवादी फोरम नेपालका वीरगन्ज महानगरपालिकाको मेयर पदका उम्मेदवार विजय कुमार सरावगी, उपमेयरकी उम्मेदवार पिंकी यादव, वीरगन्जको हरेक वडाहरुमा आफनो उम्मेदवारहरुलाई जिताउन भेटघाट गर्दै फोरम नेपाललाई मशाल छापमा मतदान गरि विजयी बनाउन आग्रह गर्दै हिडेका छन । भेटघाटमा मेयर उम्मेदवार विजय सरावगीले सम्पूर्ण वडा वाशीलाई मशाल छापमा आफ्नो मतदान गर्न आग्रह गरेका छन । वहाँले वीरगन्ज महानगरपालिकाको सम्पूर्ण विकास फोरम नेपाल मार्फत मात्र सम्भव हुनभएको हुनाले फोरम नेपालका सम्पूर्ण उम्मेदवारहरुलाई भारी मतले विजयी गराउन अनुरोध गर्दै हिडेका छन । त्यसैगरि उपमेयरकि उम्मेदवार पिंकी यादवले वीरगन्ज महानगरपालिका महिलाहरुका लागि विशेष सुविधाहरु ल्याउने उनको उदेश्य रहेको बताइन । वहाँले महिलाहरुको विकास उनको प्रमुख एजेण्डा भएको भनिन्न ।

Back to top