×

वीरगंज १४ भदौ नव प्रवेशी नेकपा एमालेको तर्फबाट वीरगंज उपमहानगरपालिकाका मेयरका उम्मेदवार बनेका बसरुद्दीन अंसारीको चुनाव प्रचारमा हिडेका नेकपा एमालेका बरिष्ठ नेता एवं पुर्व प्रधानमन्त्री माधव कुमार नेपाललाई निर्वाचन आयोगले चिठ्ठी काटेको छ । निर्वाचन आचारसंहीता विपरित माधव नेपालले नेकपा एमालेको निर्वाचन चिन्ह सुर्य अंकित टोपी लगाएर अंसारीको प्रचारमा सोमबार वीरगंजको विभिन्न ठाउमा हिडेर भोट मागेको अभियोगमा चौबिस घण्टाभित्र जवाफ दिन निर्वाचन आयोगले माधव नेपाललाई स्पष्टीकरण सोधेको बताइन्छ ।

Back to top