बिर्ता वडा प्रहरीले गरे कबाडीको ठेला भित्र कपडा बरामद

1237

Share
  •  
  •  
  •  

वीरगन्ज १४ भदौ वीरगन्ज बिर्ता वडा प्रहरी कार्यालयले बिशेष सुचनाको आधारमा कपडा बरामद गरेको छ । वीरगन्जबाट कबाडमा फिटिङ गरेर लुकाइ छिपाई भन्सार छली सामानहरु ल्याउँदैछ भन्ने सुचनाको आधारमा एक जना मानिस र अवेध समान प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकोमा समान १० थान सुटिङको कपडा, ४० किलो मरिच र १ काटुन गुटका रहेको छ । पक्राउ गरेका समानहरु आवश्यक कारवाहीको लागि बिरगन्ज भन्सार बुझाईएको छ । यही असोज २ गतेको स्थानीय निर्वाचनलाई लक्षित गरी छड्के चेकजाँचलाई तिब्रता दिएको अवस्थामा समानहरु पक्राउ परेका हुन बिर्ता वडा प्रहरी कार्यालयका प्रमुख अनिश कर्णले बताएका हुन ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here