×

वीरगन्ज १४ भदौ राष्ट्रिय जन्ता पार्टी नेपालका महासचिव पर्सा जिल्लाका चर्चित मधेशीबादी नेता शिव पटेलले बहुदरा माई नगरपालिकाको प्रमुख पदमा भिडने तयारी गर्नु भएको छ । २०४७ साल देखि निरन्तर मधेश बादी दलको बिर्धाथी संगठनबाट राजनिति शुरु गर्नु भएका पटेल २०४७ सालको जनआन्दोलन २०६३ सालको गणताण्त्रिक आन्दोलनमा जेल जिवन बिताई २०६३ सालको मधेश आन्दोलनमा सक्रिय भुमिका निर्वाह गरेका थिए । पर्सा जिल्लका मधेशबादी दलका नेताहरु मध्य प्रखर बक्ता अध्यनशिल नेताको रुपमा परिचित महासचिव पटेल राजपाको तर्फबाट बहुदरा माई नगरपालिकाको प्रमुख पदमा दाबेदारी गर्नु भएको हो । स्थानिय निर्वाचनको संदर्भमा उनि संग संर्पक गर्दा महासचिव पटेलले अहिले मधेशमा राजपाको माहौल राम्रो भएको र बहुदरा माई नगरपसलिकालाई नमुना नगरपालिक बनाउन आफुले उमेदवारी दिन तयारी गरेको बताए । पार्टीले टिकट दिए आफु संघर्ष गर्न तयार रहेको बताउनु भयो ।

Back to top