×

वीरगन्ज १४ भाद्र कुमार वन्धु रुपाखेतीको नेतृत्वमा वीरगन्ज वडा नम्बर ५ का ५० जना संघीय समाजवादी फोरम नेपालमा प्रवेश गर्नुभएको छ । पार्टीले बुधवार दिउसो आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा वीरगन्ज विर्ताका चर्चित व्यक्तित्वको रुपमा रहनु भएको कुमार वन्धु रुपाखेती एमाले पार्टी परित्याग गरि फोरम नेपालमा प्रवेश गर्नुभएको छ ।

रुपाखेतीको नेतृत्वमा मनोज कुमार साह, प्रवत श्रेष्ठ, मिरा देवी श्रीवास्तव, गायत्री देवी राउत, विराज श्रीवास्तव, संजय सर्राफ, लखीराम शाह, निरजंन चौरसीया, शिव कुमार जैसवाल लगायत ५० जना युवा तथा महिलाहरु फोरम नेपालमा प्रवेश गरेका छन् । पार्टिमा प्रवेश गर्ने सबैलाइ कार्यक्रमका प्रमुख अतिथि तथा मेयरका उम्मेदवार विजय सरावगी, जिल्ला अध्यक्ष प्रदीप यादव, उपाध्यक्ष सुन्दर कुर्मि लगायतका नेताहरुले अबिर लगाएर स्वागत गर्नुभएको थियो ।

यसैगरि एक अर्को कार्यक्रममा पर्सागढी नगरपालीका स्थित बागेश्वरी गाउका राधेश्याम प्रसाद यादव नेपाली काग्रेस पार्टी परित्याग गरि फोरम नेपालमा प्रवेश गर्नुभएको छ । जिल्ला उपाध्यक्ष सुन्दर कुर्मिको नेतृत्वमा सम्मपन्न भएको पार्टि प्रवेश कार्यक्रममा नेपाली काग्रेस पार्टीको सक्रिय सदस्य समेत परित्याग गरि राजेश्वर प्रसाद यादव, प्रयाग यादव, हरेरामा यादव, पारसनाथ साह कलवार, योगेन्द्र यादव, मनाहर राउत सहित ३१ स्थानिहरुले फोरम नेपालमा प्रवेश गर्नुभएको छ । पार्टिमा प्रवेश गर्ने सबैलाइ कार्यक्रमका प्रमुख अतिथि महराज यादव, वीरगन्ज महानगरपालीकाका मेयरका उम्मेदवार विजय सरावगी, उपाध्यक्ष सुरेन्द्र कुर्मि, जिल्ला प्रवक्ता रामनरेश यादव, मनोज यादव, लगायतका नेताहरुले अबिर लगाएर पार्टीमा स्वागत गरेका थिए ।

कार्यक्रममा सबैलाइ स्वागत गर्दै बक्ताहरुले अरु दलका उम्मेदवारहरुको संघीय समाजवादी फोरमका मेयर विजय सरावगी लगायत सबै उम्मेदवारहरुको धेरै राम्रो भएको बताउदै उच्च मनोवलका साथ चुनावमा लाग्न निर्देशन दिएका छन् । पार्टी प्रवेश कार्यक्रममा बोल्दै जिल्लाका नेताहरुले यस्तो निर्देशन दिएका हुन । मधेस आन्दोलको मागहरुलाइ स्थापित गराउन एक फोरम पार्टी मात्र भएको बताउदै उहाले वीरगन्जको विकासको लागी संघीय समाजवादीले घोषण गरेको उम्मेदवारको बारेमा उच्च मनावलले प्रचार प्रसार गर्न बताउनु भयो ।

कार्यक्रममा बोल्दै पार्टीका जिल्ला उपाध्यक्ष सुन्दर कर्मिले मधेस बिरोधी पार्टीहरु अहिले कुर्ता र गम्छा भिर्दै मधेसीलाइ ठगने अभियानमा रहेकोले सबैलाइ सावधान समेत गराएका थिए । नेता कुर्मीले मधेसीको टाउको र छातीमा ताकिताकि गोली ठोकनेलाइ अहिले मधेसीका भोट प्यारो बताउने बहुरुपियाहरुबाट सावधान रहन आग्रह समेत गर्नभएको थियो । कार्यक्रममा महराज यादव, रामनरेश यादव, मुकेश द्धिवेदी लगायतका नेताहरुले मन्तव्यक्त गरेका थिए ।

Back to top