श्रीवास्तव, सिह र कुर्मि मधे कसलाई टिकट पाउने सोको टुगो २० गते लागने

662

Share
  •  
  •  
  •  

वीरगन्ज १३ भदौ बीरगंज भाद्र १२ प्रदेश नं. २ मा हुने स्थानीय तहको चुनावमा राजपा सहभागी हुने भएपछि यस क्षेत्रमा चुनावी चहलपहल बढ्न थालेको छ ।
बिरगंज महानगरका मेयर पदमा राजपाको तर्फबाट पुर्व मेयर बिमल श्रीवास्तव, महासचिव राजेसमान सिह एवं केन्द्रिय उपाध्यक्ष अधिवक्ता सुरेन्द्र कुर्मिलाई उम्मेदवारको प्रतिसपर्दामा रहेका छन ई ३ उमेदवार मधे कसलाई वीरगन्ज महानगर पालिकाको मेयरको टिकट पाउने भन्ने टुगो २० गते लागने छ राजपाको महामन्त्रि जितेन्द्र सोनलले यात्रा डेलीलाई बताएका छन ।
संबिधान संशोधनका् मांग अघि सार्दै आन्दोलन गर्दै आएको राजपा पनि अहिले स्थानीय तहमा आफना उम्मेदवारहरुको टुगों लगाउनमा ब्यस्त देखिएको छ । आउदो असोज २ गते हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनका लागि उम्मेदवारहरुको मनोनयनको भदौ २१ गते तोकिएको छ । उम्मेदवारको अन्तिम सूची तयार गर्न कांग्रेस, एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टीले छलफल तीव्र पारेका हुन । आकांक्षीहरूको संख्या उच्च रहेकाले सबैलाई चित्त बुझाएर नाम टुंगो लगाउन सबै दलहरुलाई समस्या परेको छ । वीरगञ्ज महानगरपालिकाको मेयरका लागि संघीय समाजबादी फोरमले मधेश प्रदेश कोषाध्यक्ष बिजय सरावगीलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । उपमेयरको टुगों भने लगाउन बाकी रहेको छ । यसैगरि एमालेले मेयरमा बसरुदिन अन्सारी र उपमेयरमा सोफिया अचार्यलाई उम्मेदवार बनाएको छ । उनीहरुले हरेक दिनजसो मतदाताका घरदैलोमा पुगेर घरदैलो कार्यक्रम पनि गर्दै आइरहेका छन । नेपाली काग्रेसले बीरगंजका लागि मेयर र उपमेयरको टुगों नलगाएपनि पार्टीका पर्सा सभापति अजय द्धिबेदिको नाम भने चर्चामा रहेको छ । माओबादी केन्द्रको तर्फबाट भने मेयरका लागि गण्डक हस्पिटल प्रालिका सञ्चालक रहबर अन्सारीको चर्चा रहेको छ । यधपि पार्टीले अहिले सम्म आधिकारिक घोषण गर्न बाकी छ । पर्सा जिल्लामा एक वीरगन्ज महानगरपालिका, तीन नगरपालिका पोखरीया नगरपालिका, बहुदरमाई नगरपालिका,पर्सागढी नगरपालिका तथा १० वटा गाउँपालिका गरि १४ वटा स्थानीय तह रहेका छन । पर्सा जिल्लमा कुल २ लाख ८० हजार १११ मतदाता रहेका छन ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here