×

वीरगन्ज १३ भदाै उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले दुई नम्बर प्रदेशको स्थानीय चुनावका लागि मंगलबार उम्मदेवारहरुको नामावली सार्वजनिक गरेको छ । उपमेयरमा पिंकीदेवी यादवलाई उठाउने निर्णय भएको फोरमले जनाएको छ । पिंकीदेवी यादव संघीय समाजवादी फोरम नेपाल पर्साका जिल्ला अध्यक्ष प्रदिपकाे श्रीमती हुन । यसै फोरमले वीरगञ्ज महानगरपालिकाको मेयरमा स्थानीय व्यापारी विजय सराबगीलाई उठाउने निर्णय गरेको छ । मंगलबार राजधानीमा बसेको फोरमको कार्य सम्पादन समिति बैठकले सराबगीलाई महानगरको मेयरमा उठाउने निर्णय गरेको हो ।

Back to top