नेता विजय सरावगीको घरदैलोमा जनलहर बढदै 

366

Share
  •  
  •  
  •  
वीरगन्ज १३ भदौ  मधेसको अधिकार र विकास संघीय समाजवादी फोरमले मात्र गर्ने भन्दै मशालछालमा अत्यधिक मतदिएर फोरमका सबै उम्मेदवारलाइ जिताउने मतदाताहरुले प्रतिवद्धता व्यक्त गरेका छन् । संघीय समाजवादी पार्टीले मेयरका उम्मेदवार विजय सरावगीको नेतृत्वमा आयोजना गरेको वीरगन्ज उपमहानगपालीका बडानम्बर ३२मा आयोजना गरेको घरदैलो कार्यक्रममा स्थानियले फोरम नेपालका वीरगन्जका मेयरका उम्मेदवार सरावगी लगायत सबैलाइ जिताउने प्रतिबद्धा व्यक्त गरेका हुन ।  नेपाल पर्साले मगंबार बिहान चोर्नि,परस्वा,टेढा तथा रामबन गाउमा गरेको  सम्पन्न गरेको घरदैलो कार्यक्रममा स्थानियको व्यपक सहभागीता रहेको थियो । अगामी असोज २ गते हुने स्थानीय निकायको चुनावको लागि पार्टीको पक्षमा प्रचासप्रसार गर्दै फोरम पर्साले विहान  घरदैलो कार्यक्रम गरेको थियो । घरदैलो कार्यक्रममा संघीय समाजवादी फोरम नेपालको तर्फका वीरगन्ज महानगपालिका मेयरका उम्मेदवार विजय सरावगी, जिल्ला उपाध्यक्ष तथा नगर इन्चार्ज सुन्दर कुर्मी, पुर्वमन्त्री तथा केन्द्रीय सदस्य करिमा बेगम,पाटीका प्रवक्ता रामनरेश यादव, नगर समिति अध्यक्ष मुकेश द्विवेदी, वडा नम्बर ३२ का वडा अध्यक्ष उम्मेदवार बासुदेव यादव, तबरेज अहमद,युवा नेता नासिर खान,केन्द्रिय पार्षद नन्दलाल राम ,घनश्याम राउत,प्रदिप साह, लगायत नेता तथा अगुवाहरुको सहभागिता रहेको थियो । घरदैलो कार्यक्रमका सहभागिहरुले मशाल छापमा मतदान गर्न आग्रह गर्दै अगाडी बढी रह्दा स्वागतमा टोलका स्थानीयले नारा लगाउदै फोरम नेपालका मशास छापमा अत्यधिक मतदिएर  जिताउन प्रतिवद्धता समेत व्यक्त गरेका थिए । ‘वीरगन्जको मेयर कस्तो, विजय सरावगी जस्तो, वीरगन्ज महानगर,माशाल छापको लहर, मशालमा भोट हालौं, विजय सरावगीलाई विजयि बनाऔं’ लगायतका नाराहरु घरदैलो कार्यक्रम सहभागि  स्थानीयले गुञ्यमान गरेका थिए ।’

 


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here