रेल्व सडक मर्मतको माग गर्दै स्थानीय द्वारा ज्ञापन

702

Share
  •  
  •  
  •  

बिरगंज १२ भदौ बिरगज महानगरपालिकाकाे वडा नम्बर ६ जेल टोलका स्थानीयले जिर्ण बनेको रेल्वे सडक मर्मतको माग गर्दै नगर क्षेेत्रमा संचालित मझाैला शहर एकिकृत शहरी वातावरणिय सुधार परियाेजनाका मुख्य ब्यवस्थापकलाइ सोमबार ज्ञापन पत्र बुझाएका छ्न । सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलका अध्यक्ष एवम वडा नम्बर ६ का अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार प्रदिप चौरसियाको नेतृत्वमा रहेको टोलिले सो ज्ञापन पत्र बुझाएका हुन । परियोजना मुख्य ब्यवस्थापक शैलेन्द्र श्रेष्ठलाई ज्ञापनपत्र बुझाउदै भोलि देखि सड्क मर्मतको काम सुचारु नभए रेल्वे रोडको सम्पुर्ण यातायात ठप्प पारी परियोजना कार्यालय अगाडी धर्ना दिने चेतावनी समेत दिएका छन । ज्ञापनपत्र बुझदै परियोजना प्रमुख श्रेष्ठले भोलि बिहानै देखि रेल्वे रोड मर्मतको काम लाई तदारुकताका साथ अगाडी बढाइने बाचा गर्नु भयो । अति जिर्ण बनेको रेल्वे रोड समय मै मर्मत गर्नको लागि संबंधित कार्यालयमा मौखित जानकारी गराउदा कुनै चासो नलिएका कारण स्थानीयवासी कडा रुपमा प्रस्तुत भएका छ्न । एशियाली बिकास बैंकको सहयोगमा बिरगंज महानगरपालिकाले सचालन गरेको सो परियोजना अन्तरगत कालिका कन्स्ट्रक्सनले रेल्वे रोडमा अन्डरग्राउन्ड नाला र सडक निर्माणको जिम्मा पाएको छ । नाला निर्माण भएको कैयो महिना बितिसक्दा पनि समयमा सडक मर्मत गर्न नसक्दा स्थानीयले समस्या खेप्नु परेको छ । बर्षातको बेला सडकमा ठुला ठुला खाल्टो भइ पानी जमेको कारण दैनिक जसो सवारीसाधन दुर्घटना भइ कैयो यात्रुहरु घाइते हुने गरेको स्थानिय जोगिन्द्र महतोले गुनासो गर्नु भयो । घाम लागेको बेला अत्याधिक धुलो उडेका कारण घरमा समेत बस्न समस्या भएको महतोले बताए । आजित भएर सडक मर्मतको माग गर्दै ज्ञापनपत्र बुझाउन आएको स्थानीयले बताएका छन ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here