×

नरेश सरार्फ बिरगंज १२ भदौ प्रदेश नम्बर २ मा यहि असोज २ गते हुन गइ रहेको स्थानीय निकायको चुनावमा आफ्ना उम्मेदवारलाई बिजयी बनाउन पर्सा झरेका एमालेका वरिष्ठ नेता मधव कुमार नेपाललाइ पर्साबाट स्थानीयले लखेटेका छन । एमाले तर्फबाट बिरगंज महानगरको मेयर तथा उपमेयर पदका उम्मेदवार बसरुदिन असारी र सोफिया आचार्यलाई लिएर चुनावी प्रचार प्रसारको क्रममा बिरगंजको मुर्लिमा घरदैलो गर्न पुगेका माधव कुमार नेपाल सहितको एमाले नेता तथा कार्यकर्ताहरु लाई स्थानीयले लखेटेका हुन । एमाले पार्टी मधेस बिरोधी पार्टी रहेको र मधेसिको हक अधिकार दिन नमानेकोले एमाले लाई मधेसबाट नै बहिष्कार गर्नुपर्ने नारा लगाउदै स्थानीयले लखेटेका हुन । मधेसीले अधिकार माग गर्दा एमालेले सम्पुर्ण मधेसीलाइ अपमानित गर्दै बिहारी भन्ने र अहिले चुनाव आउदा हामी सबै नेपाली हो भन्ने दोहोरो चरीत्र भएको एमाले पार्टीलाई मधेसि जनताले कुनै पनि हालतमा आफ्नो मत नदिने स्थानियले बताएका छ्न । राजपाका जिल्ला उपाध्यक्ष नुरआलम असारी सहित स्थानीयले एमाले विरुद्ध चर्को नाराबाजी गर्दै एमालेको घरदैलो कार्यक्रम बिथोल्दै मुर्लिबाट लखेटेका हुन । एमाले र राजपा कार्यकर्ता बिच धक्का धुक्की हुन थालेपछि स्थिति तनावपूर्ण हुन थालेपछि पुर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालका अंगरक्षकले सुरक्षा दिई भिडबाट निकाली गाडिमा हालेर भागेका थिए । स्थानिएको बाक्लो उपस्थिति हुनथाले पछि एमालेका बिरगंज मेयर पदका उम्मेदवार बसरुदिन सहित अन्य नेता कार्यकर्ता हरु घरदैलो कार्यक्रम स्थगित गरि कार्यक्रम स्थलबाट भागेका थिए । २ नम्बर प्रदेशको चुनावी रणनीति बनाउन केही दिनदेखि एमालेका शीर्ष नेताहरु मधेस केन्द्रित भएका छ्न । यता यस विषयमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक सुदिप गिरीसंग बुझदा कुनै विबाद नभएको पुर्व प्रधान मन्त्रि भएको ले माधव नेपाल जीलाई हामी सुरक्षा दिएका छौ । यात्राको समाचार देखेर पर्सा एमालेका युवा नेता मनोज चौधरी भने वीरगन्जमा एमाले संग चुनाव हार्ने मनस्तिथी मा पुगेका मधेशी दलहरुले यो गलत अफवा फैलाएका हुन बिहानको कार्याक्रममा म सोयम छु । हामी वीरगन्जको हरेक कुनामा आफनो पार्टीका चुनाव प्रचार गदै हिडने छौ कसैमा विरोध गर्ने शक्ती छ भने हामीलाई रोकेर देखाउ चौधरीले भने । मुर्ली १२ वडामा वडा अध्यक्षका उमेदवार सुरेश गुप्ताको चुनावी प्रचारमा गएका एमालेका वरिष्ठ नेता मधव कुमार नेपाललाई लखेटेको समाचार गलत रहेको भन्दै गुप्ताले भने म सोयम आफनै वडाको प्रचारमा म आफै छ यो समाचार गलत हो यात्रालाई फोन गरेर गुप्ताले बताए ।

Back to top