×

वीरगन्ज १० भदौ मधेशी जनअधिकार फोरम मधेशका केन्द्रिय अध्यक्ष भाग्यानाथ गुप्ताको नेतृत्वमा निर्वाचनलाई बहिष्कार गर्दै विरोध रैली प्रदर्शन । नेपाल सरकारले यहि असोज २ गते क्षेत्र नं. २ मा गर्न गईरहेको स्थानीय तहको निर्वाचनलाई मधेशी जनअधिकार फोरम मधेशका केन्द्रिय अध्यक्ष गुप्ताले मोटरसाईकलमा कालो झण्डा बाँधी नेपाल सरकारको विरोध गर्नु का साथै मधेशवादि दलहरु जुन निर्वाचनमा गई राखेका छन्, उस्को विरुद्ध मा पनि विरोध रैलीमा विरोध गर्दै मोटरसाईल रैली नगर परिक्रमा गराएका थिए । विरगंजको घण्टाघरबाट निकालिएको विरोध रैली नगर परिक्रमा गर्दै विरगंज महानगरपालिका बाट पोखरीया नगरपालीका पुगी पुनः विरगंज महानगरपालीकाको घण्टाघरमा पुगी कोण सभामा परिणत भएको थियो । कोण सभामा बोल्दै अध्यक्ष गुप्ताले कांगे्रस, एमाले मधेशीहरुको प्रत्यक्ष विरोधिको रुपमा देखिएको थियो । तर, उपेन्द्र जस्ता मधेशका नेताहरुले सहिद मधेशीहरु को सपनालाई समेत सखाप पार्नु का साथै मधेशी जनताहरु सँग समेत खेलवाड गरेको गुप्ताले आरोप लगानु भएको छ । असोज २ गते हुने निर्वाचनलाई कुनै हालतमा पनि हुन नदिने पार्टिका युवा नेता सन्तोष पटेलले बताएका छन् ।

Back to top