×

वीरगन्ज १० भाद्र वीरगन्ज महानगरपालिका वडा नं. ९ स्थित मानवसेवा आश्रमलाई आज १० थान बेड सहयोग प्राप्त भएको छ । संघीय समाजवादी फोरम नेपालका मधेस प्रदेश कोषाध्यक्ष एवं वीरगंज महानगरपालिकाको मेयर पदका उम्मेदवार विजय कुमार सरावगीको अगुवाईमा आज आश्रमलाइ १० थान बेड सहयोग प्राप्त भएको छ ।

प्राध्यापक डा. दिपक साक्याको अध्यक्षता तथा सामाजिक उद्यमी र व्यवसायी रमेश अगरवालको प्रमुख आतिथ्यमा आज आश्रमको हातामा आयोजित कार्यक्रममा मेयर उम्मेदवार विजय सरावगीले ४ थान, सामाजिक उद्यमी र व्यवसायी रमेश अगरवालले ३ थान, व्यवसायी अनिल कुमार अगर्वालले २ थान र श्याम तुल्स्यानले १ थान बेड सहयोग गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै प्राध्यापक डा. दिपक साक्याले आश्रमलाइ संचालन गर्न अहिले सम्म वीरगन्ज तथा वरिपरिका कयौं परोपकारी हाथहरुको अहम भूमिका रहेको बताउनु भएको थियो र आश्रमलाइ थप सहयोगको आवस्यकता रहेको जानकारी गराउनु भएको थियो । वहाँले वीरगन्जमा पहिलो पटक यस्तो प्रयास भएकोले हामि सबैलाई मिलेर यसलाई आफ्नो साझा सम्पतिको रुपमा मानु पर्ने बताउनुभयो ।

सहयोगीहरुलाई धन्यवाद अर्पण गर्दै डा. शाक्याले विजय सरावगीको राजनीतिमा लाग्ने निर्णयलाइ सराहना गर्दै, सरावगी जस्ता व्यक्तिहरुलाई राजनीतिमा अगाडि बढ्न सबैले सहयोग गर्नु पर्ने बताउनु भएको थियो र आगामी निर्वाचनमा वहाँलाई सहयोग गर्न अपिल समेत गर्नु भएको थियो । वहाँले सरावगी जस्ता व्यक्तिको हाथमा वीरगन्जको नेतृत्व परे वीरगन्जमा विकासको लहर आउने बताउनु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि व्यवसायी रमेश अगरवालले मानव सेवा आश्रमको बारेमा मात्र सुनेको तर आझ पहिलो चोटि आफै आएरा सेवा गर्ने मौका पाएकोमा खुसि व्यक्ति गर्दै आगामी दिनमा पनि आश्रमलाइ चाहेको बेला आवस्क्य सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको थियो ।

मेयर उम्मेदवार विजय कुमार सरावगीले अब आश्रमलाई आफ्नो दोश्रो घरको रुपमा मानेको बताउनु भयो र सम्भव भए छिटै सरोकारवालाहरु संग आवस्क्य कुरा गरेरा आश्रमका लागि प्रशस्त खालि ठाउँ भएको स्थानमा सर्ने बताउनु भएको थियो । वहाँले आगामी निर्वचनमा जनताले आफुलाई छाने वीरगन्जको नयाँ तरिकाले सम्पूर्ण विकास गर्ने बताउनु भएको थियो ।

त्यसैगरि पत्रकार सुरेश विडारीले मानव सेवा आश्रम आफ्नै घर जस्तो भएको बताउदै विजय सरावगीको कार्यहरुको प्रशंसा गर्नु भएको थियो । वहाँले आगामी स्थानीय तहको निर्वाचनमा सफलताका लागि विजय सरावगीलाई शुभकामना समेत दिनु भएको थियो ।

कार्यक्रममा विद्यार्थी नेता निखिल वर्णवाल, नासिर खान, रोहित वर्णवाल, समाजसेवी पुर्षोत्तम गुप्ता, आशु सर्राफ, प्रेम कुमार झा, अफताब आजम, आश्रमका रिशाव अगर्वाल, देवेश गुप्ता र अन्य व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण आश्रमकि संयोजक आँसु कार्कीले गर्नु भएको थियो ।

Back to top