×

बीरगंज, १० भदौ प्रधानमंत्री शेरबहादुर देउवाको टोलीसंगै भारत जानु भएका वीरगञ्ज उद्योग वाणिज्य सङ्घ (वीउवासङ्घ) का पूर्व अध्यक्ष तथा प्रदेश नं. २ का उधोगबाणिज्य महासंघका उपाध्यक्ष अशोक कुमार वैधले भारतको नयाँदिल्ली स्थित पिपुल अफ इण्डियन ओरिजिन चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्री (पीआईओसीसीआई) का पदाधिकारीहरुसँग भेटघाट तथा छलफल गरेको जनाइएको छ ।जनाइए अनुसार उहासंगको छलफल कार्यक्रममा क्षेत्रीय विकासका लागि द्विपक्षीय सहयोग अभिबृद्धि गर्दै जाने, द्विपक्षीय व्यापार व्यवसाय बृद्धिका लागि आपसी समन्वय गर्दै जाने, आर्थिक एवम् व्यावसायिक क्षेत्रका समस्या, जटिलतालाई समन्वयात्मक ढड्डबाट समाधान गर्ने लगायतका विषयमा छलफल भएको ई–मेल मार्फत जानकारी गराउनु भयो ।

छलफल कार्यक्रममा पीआईओसीसीआईका उपाध्यक्ष मुकेश अग्रवाल लगायतका पीआईओसीसीआईका पदाधिकारीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा भारतका बिभिन्न मन्त्रिहरुसंग पनि बैधले भेटघाट गरेका थिए ।

 

Back to top