×

वीरगन्ज ९ भाद्र संघीय समाजवादी फोरम नेपालको मधेस प्रदेश कोषाध्यक्ष एवं वीरगन्ज महानगरपालिकाको मेयर पदका उम्मेदवार विजय कुमार सरावगीले आज एकजना बाढि पिडितलाई उपचारका लागि आर्थिक सहयोग गर्नुभएको छ । वीरगन्ज स्थित नारायणी उपक्षेत्रीय अस्पतालमामा उपचाररत रौतहट ब्रह्मपुरी वडा नम्बर ३ घर भएको रेणु देविको ६ वर्षिय छोरा अमित रामलाई मेयर उम्मेदवार सरावगीले उपचारका निमित्त आज आर्थिक सहयोग र फलफुल हस्तान्तरण गर्नुभएको हो । केहि दिन पहिला रौतहटमा परेको अविरल वर्षाका काराण आएको बढिले रामको घर बगाएको थियो र पानिमा डुबेर वहाँको फोक्सोमा पानि पसेको कारण वहाँलाइ स्वासप्रस्वासमा समस्या आउनका साथ् खाना खानमा समेत अफ्ठयारो भैरहेको छ । रौतहटमा उपचार सम्भव नभएपछी वहाँलाई वीरगन्ज स्थित नारायणी उपक्षेत्रीय अस्पतालमा भर्ना गरिएको छ तर परिवारको आर्थिक स्थिति कम्जोर भएका रामको उपचारमा समस्या भइरहेको छ । नेता सरावगीले रामको परिवारलाई अस्पतालमा पुगेर वहाँको उपचारका लागि आर्थिक सहयोग गर्दै परेको खण्डमा थप सहयोग गर्ने प्रतिप्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ । डाक्टरले अमीतलाई सहि उपचार पाए छिट्टै निको हुने बताउनु भएको छ । केहि दिन अगाडी तराईका विभिन्न क्षेत्रहरुमा परेको अविरल वर्षाका कारण बगाएको कयौं घर मध्ये एउटा घर रेणु देविको पनि थियो, बाढीले आंशिक अपांग रेणु देविको घर संगै एउटा छोरालाई समेत बगाएर लागेको थियो । अहिले अर्को छोरा सिकिस्त बिरामी परेपछि रेणु देवी चिन्तित छिन र सहयोगको लागि सबै संग अपिल गरेकी छिन । अमित रामको उपचार नारायणी उपक्षेत्रीय अस्पतालको पेडियाट्रिक वार्डको बेड नम्बर ३८ मा भइरहेको छ । हिजाे नै यात्राडेलीले रेणुदेवीलाई आर्थिक सहयोगकाे खाचाे सिसक समाचाार लेेेखेका थियाे ।

Back to top