×

वीरगन्ज ८ भाद्र संघीय समाजवादी फोरम नेपाल पर्साले आज वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डक बहुवारीमा आज युवा टोल कमिटि गठन गरेको छ ।

फोरम नेपाल वडा नम्बर १४ का वडा अध्यक्ष रफिक अन्सारीको अध्यक्षता तथा संघिय समाजवादी फोरम नेपालको मधेश प्रदेश कोषाध्यक्ष र वीरगन्ज महानगरपालिकाको फोरम तर्फा बाट मेयर उम्मेदवार विजय कुमार सरावगीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा २३ सदसिया युवा टोल कमिटि गठन गरिएको हो ।

सुहुतलाह अन्सारीको नेतृत्वमा गठन गरिएको युवा टोल कमिटिको उपाध्यक्षमा ओसिम अख्तर (मुन्ना), सचिवमा आरिफ अन्सारी, सह-सचिवमा सोएब अन्सारी, कोसाध्यक्षमा नईम अन्सारी, सदस्यहरुमा अब्दुल अन्सारी, मन्जुर अन्सारी, नाजिर अन्सारी, राजुल अन्सारी, नेजमुल अन्सारी, रयाजिद्दीन अन्सारी, दितादार अन्सारी, मन्सुर आलम, मजिबुल हक अन्सारी, आशिक अन्सारी, जुवेर अन्सारी सहित २३ सदस्य रहेका छन् ।

फोरम नेपाल पर्साको उपाध्यक्ष सुन्दर प्रसाद कुर्मीको विशेष उपस्थितिमा आयोजना गरिएको उक्त कार्यक्रममा बोल्दै मेयर पदका आकांक्षी विजय कुमार सरावगीले संघीय समाजवादी फोरम नेपालले मधेसका लागि गरेको योगदानहरु हरु अतुलनिय रहेको हुनाले मशाल छापमा मतदान गरि फोरम नेपाललाइ पर्सा जिल्ला सहित प्रदेश नम्बर २ का अन्य जिल्लाहरुमा विजयी गराउन अनुरोध गरे ।

त्यसैगरि कार्यक्रमलाइ सम्बोधन गर्दै जिल्ला उपाध्यक्ष सुन्दर प्रसाद कुर्मीले वीरगन्जको पूर्ण विकासका लागि विजय सरावगीको जित आवश्यक रहेको बताए र आगामी अशोज २ गते हुनलागेको तेश्रो स्थानीय तहको निर्वाचनमा मशाल छापमा आफ्नो मतदान गरि विजय कुमार सरावगीलाइ मेयर पदमा विजयी गराउन अनुरोध गरेका थिए । वहाँले, विजय सरावगीको योजनाहरु वीरगन्ज महानगरपालिकाको कायाँपलट गर्ने खालका रहेकाले निर्वाचनमा वहाँलाइ मात्र मतदान गरि विजयी गराउन अनुरोध गर्नु
Back to top