×

वीरगन्ज ८ भाद्र संघीय समाजवादी फोरम नेपालका मधेस प्रदेश कोषाध्यक्ष तथा वीरगन्ज महानगरपालिकाको मेयर पदका उम्मेदवार विजय कुमार सरावगीले बारा जिल्लाकि बिन्दु कुमारी साहलाइ एक थान ल्याप्टप हस्तान्तरण गरेका छन् ।

बारा जिल्लाको नौतन बहुवारी गाउँपालिका वडा नम्बर ७ महेश प्रसाद साह र कलावती देवी साहकि छोरी बिन्दु कुमारी साहलाइ सरावगीले पढाइमा सरलताका लागि आफ्नो कार्यालयमा एक कार्यक्रम गरेर एक थान डेल कम्पनिको आइ ५ प्रोसेसर भएको ल्याप्टप हस्तान्तरण गरेका हुन् । श्री नरसिंह उच्च माध्यमिक विद्यालय बाट प्रवेशिका परिक्षा पास गरेकी साह अहिले वीरगंज इन्स्टिट्युट अफ टेक्नलोगिमा प्रथम वर्ष डिप्लोमा इन कम्प्युटर इञ्जिनियरिङ्गमा अध्ययनरत छिन ।

महिला शिक्षालाइ प्रोत्साहन गर्न र समाजका महिलाहरुलाई शिक्षाका लागि प्रेरित गर्न सरावगीले साहलाई ल्याप्टप हस्तान्तरण गरेको बताए । वहाँले, "हाम्रो समाजमा महिलाहरुलाई शिक्षाको एकदम कम अवसर हुन्छ र अवसर पाउनेहरुलाई पनि श्रोत र साधनको कमीले अध्ययन गर्न समस्या परिरहेको हुन्छ, बिन्दु बहिनिलाई पनि अध्ययन गर्न समस्या नपरोस भन्ने उदेश्यले मैले बहिनिलाइ ल्याप्टप हस्तान्तरण गरेको हु ।" हामीले आफ्नो छोरीहरुलाई पनि आफ्नो छोरा अनुरुप विद्यालय पठाएर उनीहरुलाई शिक्षा प्रदान गर्नु पर्छ अनि मात्र समाज र देशको सम्मान तरिकाले विकास सम्भव छ, सरावगीले भने ।

त्यसैगरि ल्याप्टप प्राप्त गरे पछि साहले आफ्नो खुसि व्यक्त गर्दै सरावगीलाइ धन्यवाद ज्ञापन गरेकी थिइन् । साहले, "विजय सरावगी जस्ता अझै केहि व्यक्ति हाम्रो समाजमा भए महिलालाई शिक्षा प्राप्त गर्न बाट कसैले रोखना नसक्ने बताइन ।

Back to top