जनता आवास कार्यक्रम घर निर्माण कार्य चाडै शुरु हुने – सांसद राजकुमार गुप्ता

468

Share
  •  
  •  
  •  

वीरगंज ८ भाद्र जनता आवास कार्यक्रमको बैठक आज जिल्ला प्रशासन कार्यालय पर्सामासम्पन्न भएको छ । जनता आवास कार्यक्रम पर्साका संयोजक एवं सांसद राजकुमार गुप्ताको अध्यक्षतामा बसेको बैठकले घर निर्माण सम्बन्धि कार्य बिधिबारे छलफल गरेको छ । शहरी डिभिजनले थप अवास निर्माण लागि पुन ५० प्रतिशत आवेदन लिन पत्रचार गरेकोमा बैठकले ५० प्रतिशत नयाँ आवेदनको सट्टा यस अघि नै जिल्लामा आवास निर्माणका लागि परेको १७ हजार आवेदनबाटनै घरहरु निर्माण गर्ने निर्णय गरेको सांसद गुप्ताले जानकारी दिनुभयो । गिटी,बालुवाको कारण शुरु हुन नसकेको एक हजार घरको निर्माण पनि दुई चार दिनमै शुरु हुने वहाँले जानकारी दिनुभयो । बैठकमा सांसद फुलझरी देवी, जयप्रकास थारु , सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेल, शहरी बिकास डिभिजन कार्यालय पर्साका प्रमुख सुरेश कुमार वाग्ले , ईन्जिनियर सदरे आलम लगायतको उपस्थिती रहेको थियो


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here