×

वीरगन्ज ८ भाद्र नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को २१ औँ राष्ट्रिय सम्मेलनमा क्रान्तिकारीका केन्द्रिय सचिवालय सदस्य तथा प्रदेश नंबर २ का सह संयोजक पर्सा वाशी युवा विद्यार्थी नेता प्रभाकर गुप्ताले प्रदेश सचिव पदका लागि आफ्नो उम्मेद्वारी दिने भएका छन् ।

माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)को विद्यार्थी संगठनको प्रदेश नं. २ को सचिव पदका लागि धेरै आकांक्षि देखिए पनि गुप्ता भने सबै भन्दा बढी प्रभावकारी र दृढ़ उम्मेदवारको रुपमा आएका छन् ।

२०६० साल देखी पार्टीमा लागि निरन्तर रुपले विभिन्न पदमा रही संगठन प्रति आफ्नो जिम्मेवारी वहन गर्दै आइरहेका गुप्ता २०६१ सालमा स्कूल कमीटी अध्यक्ष हुँदै नगर सदस्य, जिल्ला सचिव, राज्य कमिटी सदस्य हुँदै अहिले केन्द्रिय सचिवालय सदस्य सम्मको लामो यात्रा तय गरेका गुप्ताको संगठनमा छवि एकदमै स्वच्छ रहेको छ । अखिल क्रान्तिकारीको हरेक आन्दोलन र कार्यक्रमहरुमा सक्रिय भूमिका निर्वाह गर्दै आएका गुप्ताले आफुलाई अग्र मोर्चाको रूप सर्दै अगाडि बढेका छन ।

विद्यार्थी राजनीतिमा पर्सा जिल्लामा एक हस्तीका रुपमा चिनिने गुप्ता बितेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा ठाकुरराम बहुमुखी क्याम्पस बाट सभापतिका उम्मेदवार समेत रहेका थिए । गुप्ता संस्थापक प्यानलको विद्यार्थी नेता हून र उनीलाई प्रदेश नं. २ मा प्रचण्ड निकटको एउटा शक्तिशाली विम्ब मानिन्छ ।

प्रदेश नंबर १,२,३ र ५ प्रभाकर गुप्ताको संगठनमा राम्रो प्रभाव र पकड छ र उनीलाई एक असल विद्यार्थी राजनीतिज्ञको रुपमा चिनिएको छ । बोल्ने भन्दा पनि कार्य गरेर सफलता हासिल गर्नमा विश्वाश राक्ने उनी दुर्गामी सोच भएका व्यक्ति हुन् । काठमाडौँ उपत्यकामा सबैको साझा विद्यार्थी नेताको रूप गुप्ताले आफुलाइ स्थापित गर्न सफल भएका छन् । संगठनलाइ थप सशक्त र प्रभावकारी बनाउन तथा देश र जनतालाइ राजनीतिको मार्फत सेवा गर्न उदेश्यले गुप्ताले आफ्नो उम्मेद्वारी दिएको जनाएका छन् ।

वीरगन्जमा विद्यार्थी राजनीतिमा लागेका युवाहरुले गुप्तालाइ आफ्नो अभिभावकको रुपमा लिने गरेका छन् । ठाकुरराम बहुमुखी क्यामपस मात्र नभइ अन्य कुनै पनि शैक्षिक संस्थाका विद्यार्थी अथवा युवाहरुलाई पनि केहि समस्या परेको खण्डमा सहयोग गर्न सधै गुप्ता अगाडि आउने गर्दछन । गुप्ताको उम्मेद्वारीले पर्षा वाशी हर्सित भएका छन र उनको जित सुनिस्चित रहेको अखिलका अर्का विद्यार्थी नेता सन्दिप विक्रम साहले बताए । सन्दिपले प्रभाकर गुप्ता जस्ता विद्यार्थी नेताले मात्र शिक्षा क्षेत्रमा हुने नकारात्मक कार्यहरुको अन्त्य गर्न सक्ने बताए र साथै उनको जित सम्पूर्ण पर्सा वाशीको जित हुने उनको भनाइ छ ।

Back to top