×

अनिल तिवारी बीरगज ७ भाद्र संघीय समाजवादी फोरमका मधेश प्रदेश कोषाध्यक्ष एवम वीरगन्ज महानगपालीकाको मेयरपदका उम्मेदवार वीजय सरावगीले पार्टीको सम्पर्क कार्यालयको उदघाटन गर्नुभएको छ । वीरगन्ज उपमहानगपालीकाको बडा नम्बर १९ स्थित विन्दवासीनाी चौकमा बुधबार देखि संचान भएको बडा सम्पर्क कार्यालयको एक कार्यक्रमबीच नेता सरावगीले उदघाटन गर्नुभएको हो । पार्टीको वडाउपाध्यक्ष सुरेन्द्रलालसाह कलवारको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेता सरावगीले प्रमुख आतिथ्य मन्तव्य व्यक्त गर्दै वीरगन्जको मेयर बने महानगपालीकाको विकासलाइ चैतर्फीरुपमा विकास गर्ने बताउनु भयो । उहाले ठुला दलका नेताहरुको अदुर्दर्सीताको कारण प्रत्येक बर्ष करोडौ रकम फिर्ता हुने गरेको बताउदै आफुसगं रहेको अनुभवलाइ प्रयोग गर्दै वीरगन्जमा विकासको लहर ल्याउने बताउनु भयो । साथै उहाहरुले संघीय समाजवादी पार्टी फोरमको वीरगन्जका मेयरका उम्मेदवार विजय सरावगी समाजसेवी तथा विकासशिल र अनुभवशिल व्यत्तित्व भएकोले उहालाइ अत्यधिकमतले चुनाव जिताउनु सबैलाइ हार्दिक अनुरोध समेत व्यक्त गरेका थिए ।

यसैगरी वीरगन्जको मुर्लीमा संचालित वीरगन्ज नकआउट क्रिकेट टुर्नामेन्ट प्रतियोगिताका विजयी प्रथम र द्धितिय टिमलाइ पुरस्कार बितरण गर्नुभएको छ ।मुर्लीयोगं क्लबले भाद्र २५गतेदेखि संचालन गर्दै आएको नकआउट क्रिकेट टुर्नामेन्टका विजयी प्रथम तथा द्धितिय टिमलाइ पुरस्कार बितरण गर्नु भएको हो ।मार्टिगं मोक्तानको अध्यक्षतामा सम्पन्न भएको शिल्डबितरण कार्यक्रममा फोरम पर्साका नेता रामदरश प्रसाद कुशवाहा,युवा नेता नासिर खान लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

भएको मधेस आन्दोलनबाट मात्र मधेसको कानेपाल पर्साले बाढीपिडितहरुलाइ राहत बितरण गरेको छ ।बाढीले आक्रांत बनेको तराइको जनजिवत तर सरकारको राहत फितलो भएको कारण फोरम पर्साले राहत वितरणलाइ निरंतरता दिएको जनाइएको छ । जिल्ला अध्यक्ष प्रदीप यादव र केन्द्रिय सदस्य करिमावेगमले १२५वाढिपिडित परिवारलाइ बुधबार विहान राहत वितरण गरेको हो ।वीरगन्जको राधेमाइ टोलमा नेता प्रदिप यादवको नेतृत्वमा पुगेको टोलीले बाढीबाट पिडित १ सय २५ परिवारहरुलाइ राहत वितरण गरेको फोरम पर्साले जनाएको छ ।वतरण गरिएको रातह सामग्रीहरुमा चामल,त्रिपाल,मछरदानी,बाल्टीन,चिउरा ,दाल ,साबुन,औषधी लगायतका समानहरु रहेका छन् ।

Back to top