×

वीरगंज ७ भदाै वडा प्रहरी कार्यालय बिर्ताले आज बिहान ३०० लिटर घरेलु मदिरा नष्ट गरेको छ । वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरिक्षक अनिश कर्णको नेतृत्वमा रहेको टोलीले वीरगंज महानगरपालिका वडा नं. २ लालगोदम नजिक सो मदिरा नष्ट गरेको हो । आन्तिरीक राजस्व कार्यालय वीरगंजका नायब सुब्बा प्रकास राई र हमकुमार चौधरीको रोहवरमा मदिरा नष्ट गरिएको प्रहरी निरिक्षक कर्णले जानकारी दिए । यसैगरी हिजो साँझ बिर्ता प्रहरीले वीरगंजको आर्दशनगरबाट पक्राउ गरेको लाखौं मुल्य बराबरको कपडा बरामद गरी वीरगंज भन्सार पठाएको प्रहरी निरिक्षक कर्णले जानकारी दिनुभयो ।

Back to top