×

वीरगन्ज ६ भदौ प्रधानमन्त्री शेरबहादुर देउवाले भदौ ७ देखि ११ गतेसम्म गर्ने भारतको राजकीय भ्रमणमा प्रदेश नं. २ उधोगबाणिज्य महासंघका उपाध्यक्ष अशोक बैध जाने भएका छन । उपप्रधानमन्त्री कृष्णबहादुर महराले प्रधानमन्त्री शेरबहादुर देउवाको बुधबारदेखि हुने भारतको राजकीय भ्रमण फलदायी बनाउन द्विपक्षीय छलफलका कार्यसूची तय भइसकेको बताउनुभएको छ । यात्रा डेलीसंग कुरा गर्दै प्रदेश नं. २ उधोगबाणिज्य महासंघका उपाध्यक्ष अशोक बैधले भ्रमणमा खास गरी तराई क्षेत्रको बाढी र डुबान नियन्त्रण, द्विपक्षीय व्यापार र विकास निर्माणसँग सम्बन्धित विषयमा छलफल हुने बताउनुभयो । प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा यही भदौ ७ देखि ११ गतेसम्म भारतको भ्रमण गर्दै हुनुहुन्छ । प्रधानमन्त्री देउवाका साथमा उहाँकी धर्मपत्नी डा आरजु राणा, उपप्रधानमन्त्री महरा, मन्त्री, सांसद, सचिव तथा उच्चसरकारी अधिकारी रहनु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका बेला प्रधानमन्त्री देउवाले भारतीय राष्ट्रपति रामनाथ कोविन्द र उपराष्ट्रपति एम वेंकैया नायडुसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नाका साथै आफ्ना भारतीय समकक्षी मोदीसँग औपचारिक बैठक हुने बैधले बताएका छन । विगतमा नेपाल र भारतबीच ब्यपारबारे भएका सहमति कार्यान्वयनमा जोड दिन उधोगबाणिज्य संघको तर्फबाट बैध जानलागेका हुन ।

भ्रमण कार्यक्रम

सरकारले प्रधानमन्त्री शेरबहादुर देउवाको पाँचदिने भारत भ्रमणको औपचारिक घोषणा गरेको छ। परराष्ट्र मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री देउवाले भदौ ७ देखि ११ गतेसम्म भारतको राजकीय भ्रमण गर्ने जनाएको हो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी भारत जान लागेका हुन । प्रधानमन्त्री देउवाको भारत भ्रमण टोलीमा ५० सदस्य पुगेका छन । भ्रमण दलका सदस्य मंगलबारसम्म थपघट हुने परराष्ट्रले जनाएको छ । भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी आरजु राणा देउवा, उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, अन्य मन्त्री, सांसद, विभिन्न मन्त्रालयका सचिव र अन्य उच्च सरकारी अधिकारी रहनेछन् ।

भ्रमणका बेला भारत सरकारले उनलाई राजकीय पाहुनाका रूपमा नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा राख्नेछ । प्रधानमन्त्री देउवाले भारतीय राष्ट्रपतिसँग शिष्टाचार भेट र भारतीय समकक्षी मोदीसँग द्विपक्षीय वार्ता गर्नेछन् । भ्रमण कार्यक्रमअनुसार प्रधानमन्त्री देउवा भदौ ७ गते बिहान १० बजे काठमाडौंबाट नयाँदिल्ली जानेछन् । भदौ ८ गते प्रधानमन्त्रीलाई राष्ट्रपति भवनमा ’गार्ड अफ अनरले सम्मान गरिनेछ । त्यही दिन उनी राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल पुगी पुष्पगुच्छा अर्पण गर्नेछन् ।

भदौ ८ गते नै प्रधानमन्त्री देउवाले भारतीय राष्ट्रपति रामनाथ कोविन्द र उपराष्ट्रपति एम बैंकैया नायडुसँग शिष्टाचार भेटवार्ता गर्नेछन्। सोही दिन उनले भारतीय प्रधानमन्त्री मोदीसँग द्विपक्षीय वार्ता गर्नेछन्। त्यसपछि उनी भारतीय प्रधानमन्त्रीले उनको सम्मानमा आयोजना गर्ने दिवाभोजमा सहभागी हुनेछन्। भदौ ८ गते नै भारतीय विभिन्न मन्त्रीहरूले उनीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। नयाँदिल्लीस्थित नेपाली दूतावासले आयोजना गर्ने रात्रिभोजमा पनि प्रधानमन्त्री देउवा भदौ ८ गते नै सहभागी हुनेछन्।

भ्रमणका बेला भारतमा रहेका नेपाली समुदाय र भारतीय बौद्धिक वर्ग तथा व्यापारी समुदायसँग उनले अन्तरक्रिया गर्नेछन्। नयाँदिल्लीमा राजनीतिक भेटघाट सकेपछि प्रधानमन्त्री देउवाले भारतको तेलांगना, आन्ध्रप्रदेश र बिहार (तिरुपति, हैदराबाद र बोधगया) को पनि भ्रमण गर्नेछन्। उनी भदौ ११ गते राति ८ बजे स्वदेश फर्कने कार्यक्रम छ।

Back to top