×

विरगज ३ भदाै क्यानन बेल इन्टरटेनमेन्टको आयोजनामा भइरहेको "स्कुल प्रिन्स एन्ड प्रिन्सेस २०१७" को बन्द प्रशिक्षणका क्रममा बाल मन्दिर, आदर्शनगरको भवनमा

लायन्स क्लब अफ विरगंज स्माइलले आयोजना गरेको निशुल्क जेनरल, दन्त शिविर सम्पन्न भएको छ। विरगंज महानगरपालिकामा पर्ने सम्पूर्ण स्कुलहरुका ७ देखि १३ बर्षसम्मका बालबालिकाहरूको सहभागिता रहेको यस कार्यक्रमले बालबालिकाको आत्मविश्वास र मनोबल विकास गर्ने गर्दछ।

शिविरमा जेनरल फिजिसियन डा. एम डि रजा, डा. आमिर आलम, डा. सुमन गुप्ता, डा. बन्दना कुशवाहा, अप्ट्रोमेट्रिस्ट आदित्य तिवारी तथा लायन्स क्लब अफ विरगंज स्माइलका प्रेसिडेन्ट डा. डबल बुढाले सहभागि ८० जना बालबालिकाको जेनरल, दन्त परिक्षण गर्नुभयो। कार्यक्रमको संयोजन क्यानन बेल इन्टरटेनमेन्टका प्रवन्ध निर्देशक राहुल कर्णले गर्नु भएको थियो भने प्रचार संयोजक बिक्रम बोहरा, मनिष कुशवाहा, शारांश राज भण्डारी तथा सदस्यहरु दिपु राउत, राकेश कर्ण, विवेक खड्का लगायतले पूर्ण सहयोग गर्नुभएको थियो। कार्यक्रमको समापनमा बोल्दै जेनरल फिजिसियन डा. एम डि रजा शिविर सम्पन्न गर्न सहयोग पुर्याउनुहुने सबैलाई धन्यवाद दिनुभयो।

स्वास्थ्य चेकजाँचका क्रममा फेला परेका विरामिहरुलाइ निशुल्क अौषधि बितरण गरिएको थियो । साथै शिबिरमा चेकजाँचका क्रममा गम्भीर प्रकृतिका समेत बिरामि भेटिएकाले उनिहरुको अावश्यक उपचार डा.एम डि रजाले आफ्नै खर्चमा निशुल्क गरिदिने बताए । समय समयमा डा एमडी रजाले बिभिन्न ठाउँमा शिबिर गर्दै आई रहेकाछन ।

Back to top