×

वीरगंज भदौ सुवोध स्मृति फोटो पत्रकारीता पुरस्कार यस बर्ष वीरगंजका अरबिन्द अमात्यलाई प्रदान गरिएको छ । प्रतिक दैनिकले हरेक बर्ष आफनो बार्षिक उत्सवको अवसरमा प्रदान गर्दै आएको सुवोध स्मृति फोटो पत्रकारीता पुरस्कार अमात्यलाई प्रदान गरिएको हो । नेपाल पत्रकार महासंघको सभाहलमा आज आयोजित एक कार्यक्रमका बिच अमात्यलाई प्रमाणपत्र र नगद २५ हजारले सम्मानित गरिएको थियो । उच्च अदालत वीरगंज अस्थाई ईजलासका न्याधिस रामचन्द्र यादवको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा भारतीय महावाणिज्य दूतावासका राजेश कुमार, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा लगायतकोल शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । साथै सो अवसरमा पत्रिकाका स्तम्भकार संजय साह मित्र , संवादाता गम्भिरा सहनी र वीरगंजका पुरानो फोटोग्राफर पुर्णबहादुर श्रेष्ठलाई समेत समान गरिएको थियो । फोटो पत्रकारीता पुरस्कार प्राप्त गर्ने अमात्य वीरगंजका युवा उद्यमी पनि हुन । प्रतिक दैनिकका प्रधान सम्पादक जगदिश शर्माको सभापतित्वमा भएको कार्यक्रममा नेकपा एमाले पर्साका संयोजक प्रभु हजरा,उद्योगीपति एवं समाजसेवी विश्वनाथ साह, ज्येष्ठ नागरिक पर्साका उषा साह, बरिष्ठ पत्रकार चन्द्रकिसोर झा लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण पत्रिकाको सम्पादक शधुधन नेपालले गर्नुभएको थियो ।

Back to top