×

वीरगन्ज ३२ साउन शनिबार आएको भिष्ण बाढीले वीरगंज महानगर क्षेत्रमा भन्दा ग्रामिण क्षेत्र उतरी,पश्चिमी र दक्षिणी भेगका जनताहरु बढी प्रभावित भएपनि वीरगंज महानगरको आगामी स्थानिय तहको निर्वाचनमा मतदाता आकर्षित गर्न प्राय सबै राजनितिक दलहरु वीरगंज महानगर क्षेत्रमै राहत वितरणको नाममा राजनितिक शुरु गरेका छन ।

महानगरका मतदातालाई प्रभावमा पार्न एउटै क्षेत्रका बाढीपिडितलाई यहाका प्राय सबै राजनितिक दलहरुले राहत वितरण गरि प्रचारबाजीमा उत्रिएका छन भने पश्चिमी र दक्षिणी क्षेत्रमा कसैको चासो नरहेको संघिय सामाजबादी फोरम नेपालका मधेश प्रदेश सचिव सलाउदिन अहम्दले गुनासो गर्नुभयो । वहाले फोरम नेपाल पर्साको पहलमा यस भेगका प्रभावितलाई केहि राहत वितरण गरेको भएपनि प्रसाशनले बेखबर बनेकोप्रति आक्रोश ब्यक्त गर्नुभयो । बाढीबाट बढी प्रभावित भएका पर्साको पश्चिमी र दक्षिणी क्षेत्रमा ५ दिन बितिसक्दा समेत प्रसाशनको राहत बाहेक कुनै पनि राजनितिक दलले वास्ता नगरेको पर्सा पकहामैनपुर गाउपालिका वडा नं४ का होदा मियाले गुनासो गर्नुभयो ।

यसैगरि पर्साको बुडगाई,मिर्जापुर,सम्झौता,धोविनी,लगायतका करि ७ सय घरबार विहिन भएका बाढीपिडितलाई कसैले अहिलेसम्म राहत वितरण गर्न नआएको फोरम नेपालका नेता सलाउदिन अहम्दले गुनासो गर्नुभयो । त्यसैगरि पर्साको धोवियाटोलामा बाढी आएको ५ दिन वितिसक्दा पनि अहिले पनि घरमा ३ फिटसम्म पानी जमेको कारण बस्न र खाना पकाएर खाने ििस्थति छैन,हिजो मात्र जिल्ला प्रसाशन कार्यालय पर्सा र केहि संघसंस्थाले एकदिन पुग्ने गरि राहत वितरण गरेका छन । घरबाट पानी सुक्ने हो ,त्यसैले राहतको आवश्यकता छ ,धोवियाटोलाका शिवशंकर ठाकुरले भन्नुभयो ।

वहाले सामाचारमा सुने अनुसार सबै नेताहरु विरगंजमा केन्द्रित भएपनि यहा कोहि नेताहरु नआएको गुनासो गर्नुभयो । त्यसैगरि पर्साको सबैभन्दा विकट मानिने ठोरी,निर्मलबस्ती लगायतका बाढी पिडितहरु अझैसम्म राहतको पर्खाईमै रहेको भएपनि अहिलेसम्म कहिकतैबाट कोही नआएको निर्मलबस्तीका रामप्रकाश कुवरले गुनासो गर्नुभयो । आगामी असोज २को स्थानिय तहको निर्वाचनमा प्रदेश नं.२को एक मात्र महानगरपालिका वीरगंजलाई प्रमुख दल लगायत मधेशी दलको समेत प्रतिष्ठाको विषय रहेकाले बाढी पिडितको नाममा सबै दलहरु बाढीपिडितलाई राहतको नाममा मतदाता तान्ने अवसर भएको छ ।

यहाका राजनितिक दलहरु वीरगंज महानगर क्षेत्रमै मात्र राहत वितरण गरेपछि दक्षिणी र पश्चिमी भेगका पिडितहरु राजनैतिक दलप्रति आक्रोशित छन भने राहत कम र प्रचारबाजी बढी भएपछि सामाजिक संजालमा चौतर्फी आलोचना भईरहेको छ ।

यसैबीच विरगंज उद्योग वाणिज्य संघका उपाध्यक्ष सुबोध गुप्ताले राहतको नाममा राजनितिक छोडेर बाढीपिडितको स्थायित्व सामाधान खोज्नुपर्ने सुझाव दिनुभएको छ । आज नारायणी एफ.एम.संग कुराकानी गर्दै उपाध्यक्ष गुप्ताले राहतको नाममा विरगंज क्षेत्रमै मात्रै केन्द्रित हुनुभन्दा राहत नपुगेका अति प्रभावित क्षेत्रमा पनि उद्वार ,पुर्नस्थापना र राहतको व्यवस्थाको बारेमा सर्वपक्षिय सहमती बनाई सामाधान खोज्नुपर्नेमा जोडदिनुभयो ।

वीरगंज उद्योग वाणिज्उ संघका उपाध्यक्ष गुप्ताले आपदाको बेला राजनितिक दलले सहयोग गनुपर्ने कुरा राम्रो भएपनि एकै ठाउमा हरेक दलले अलग–अलग तिन चोटी राहत बाडेर मतदातालाई सहानुभुती जनाउनुभन्दा पनि एकजुट भएर सर्वपक्षिय सहमती बनाएर जिल्लाको सबै बाढीपिडितलाई सहयोग गर्नुपर्ने आवश्यकता रहेको औल्याउनुभयो ।

Back to top