×

वीरगंज २९ साउन बाढी प्रभावीत गाउँहरुमा सहयोगको लागि अहिले संघिय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदिप यादव , मधेश प्रदेश कोषाध्यक्ष एवं वीरगंज महानगरका मेयरका उम्मेदवार विजय सरावगीको टोलिले अनुगमन तथा राहत वितरण गरिरहेका छन । पर्साको बेल्वा ,अलौ,मनीयारी,जगरनाथपुरपुर लगायतका बाढी प्रभावित गाउहरुको अनुगमन गरेका छन । भिष्ण बाढीले पर्सामा त्राहिमाम मचाएपछि बाढीपिडितलाई राहत वितरणमा सहयोग गर्न सम्पुण संघसंस्था,सामाजसेवी तथा राजनैतिक दललाई संघिय सामाजबादीका नेता मधेश प्रदेश कोषाध्यक्ष एवं वीरगंज महानगरका मेयरका उम्मेदवार विजय सरावगीले आग्रह गर्नुभएको छ । तर पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले भने विपदमा खट्ने अन्य संघसंस्थासंगको छलफल भईरहेकोले छलफल पनि कसरी अगााडी बढेने कुरामा समन्य गरेर उद्धार कार्यमा खट्ने बताउनुभएको छ । उहाँले बाढीले डुवानमा परेका गाउँमा उद्धारका लागि थप प्रहरी परिचालन गरीएको र उद्धारका सामान समेत तयारी अवस्थामा राखीएको बताउनुभयो ।

Back to top