×

वीरगन्ज २९ साउन केहिदिन देखिको अविरल बर्षाको कारण आएको बाढीबाट प्रभावति भएका ४ सय परिवारलाइ संघीय समाजवादी फोरम पर्साले आइतवार दिउसो राहत वितरण गरेको छ । शनिवार देखि आएको बाढिको कारण घरवार विहिन भएका बाढि पिडित परिवारलाइ तत्काल राहतको लागी त्रिपाल, चिउरा, मिठा, चामल,आलु भाडा बर्तन, लताकपडा लगायतको सामग्री वितरण गरिएको फोरमका मधेस प्रदेश कोषाध्यक्ष तथा वीरगन्ज महानगरपालिकाका मेयरका उम्मेदवार वीजय सरावगीले बताउनु भयो ।

जिल्ला अध्यक्ष प्रदिप यादव, मधेस प्रदेश कोषाध्यक्ष तथा मेयरका उम्मेदवार वीजय सरावगी र ब्रहमानन्द यादवलगायतको टोलीले वीरगन्ज महानगपालीकाको लालपर्सा, प्रसोतिपुर, बेलवा लगायतका गाउका बाढि पिडितलाइ राहत वितरण गरेको हो ।

राहत वितरण गर्दै जिल्ला अध्यक्ष प्रदिप यावदले तिनदिन देखि अबिरल बर्षा र बाढीले अक्रान्त बनेको मधेसमा सरकारले अहिलेसम्म राहतको व्यवस्था नगरेपनि पिडितलाइ समयमा सहयोगको उदेश्यले राहत वितरण गरिएको बताउनु भयो । नेता यादवले संघीय समाजवादी फोरम दुखको समयमा मधेसी जनताको साथ रहेको बताउदै आफतको समयमा पिडितहरुलाइ तनमनधन सबैले सहयोग गर्ने बताउनु भयो ।

Back to top