हामी डा.गोविन्द के.सि.का साथमा छौ भन्दै वीरगन्जमा डाक्टरहरुद्वारा रिले अनशन

1163

Share
  •  
  •  
  •  

वीरगन्ज २८ साउन त्रिवि शिक्षण अस्पतालमा २० दिनदेखि अनशनरत प्रा.डा. गोविन्द केसीको समर्थनमा शनिबारबाट वीरगञ्जमापनि रिले अनसन शुरु भएको छ । सचेत नागरिक समाजको आयोजनामा वीरगञ्जकाे माइस्थान मन्दिर अगाडी रिले अनसन शुरु गरिएकाे नारायणी उपक्षेत्रीय अस्पतला वीरगंजका बरिष्ठ फिजिसियन डा.निरज सिंहले जानकारी दिए । अनसन अघि नगरमा बृहत प्रदर्शन गरिएको थियो । र्यालि अादर्शनगर, विर्ता, घडिअर्वा लगायत नगरकाे विभिन्न भागकाे परिक्रमा पछि माइस्थानमा पुगेर अनसनमा परिणात भएकाे थियाे । केसीको अनशन निरन्तरतासँगै नेपाल चिकित्सक संघलगायत विभिन्न संघसंगठनको आह्वानमा देशभरका निजी र सरकारी स्वास्थ्य संस्थाको आकस्मिकबाहेक सेवा शुक्रबारदेखि ठप्प पार्ने संगै वीरगन्ज नरायणी उपक्षेत्रिय अस्पतालमा शुक्रबार देखि आकस्मिकबाहेक सेवा बाहेक अन्य सेवा ठप्प पारिएको छ । यता केसीको अनशन निरन्तरतासँगै वीरगन्जमा पनि नेपाल चिकित्सक संघ लगायत विभिन्न संघसंगठनहरु रिले अनशनमा सहभागि भएका छन । जवाफदेहिताको लागी हाम्रो अभियान, चिकित्सक समाज वीरगन्ज, प्राध्यापक समाज वीरगन्ज, सदाचार अभियान वीरगन्ज, नेपाल मानवअधिकार संगठन पर्सा, उपभोक्ता मंच पर्सा, वीरगन्ज महिला जागरण समाजहरु रिले अनशनमा सहभागि भएका छन आज सोहि क्रममा वीरगन्जका डाक्टरहरु उदय नरायण सिंह, श्याम सुन्दर दास, जगदिश अग्रवाल, रविन्द्र प्रसाद सिंह, निरज सिंह रहेका छन भने संघसंगठनबाट शिवनाथ यादव, दिपक राज भण्डारी, प्रकाश थारु, दिना प्रसाद गुप्ता, विजय उपाध्या, नरायणी उपक्षेत्रिय अस्पताल विकाश सयोजक अभियानका सयोजक उमप्रकाश सर्राफ लगायतका सहभागिता रहेको छ । यसै गरि यता स्वतन्त्र मानव अधिकार समाज केन्द्रिय कार्यालय बीरगंजले आज एक प्रेस विज्ञप्ति जारी गर्दै डा . गोविन्द केसीको जायज माग प्रति सरकार गम्भीर नभएको प्रति भत्सर्ना गरेको छ । समाजका केन्द्रिय अध्यक्ष कृष्ण कुमार खनाल तथा महासचिव धुव्र अधिकारीद्धारा संयुक्त रुपमा जारी विज्ञप्तिमा केसी विगत २० दिनदेखि आमरण अनसन बस्दा समेत माग सुनुवाई नगरी उहाँको बाँच्न पाउने अधिकारी माथि नै हमला भएको भन्दै भत्सर्ना गरिएको छ । साथै, विज्ञप्तिमा डा केसीको माग तत्काल पुरा गरी उहाँको जीवन रक्षा गर्न माग समेत गरिएको छ ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here