×

वीरगन्ज २८ साउन संघीय समाजवादी फोरम नेपालको वीरगन्ज महानगरपालीका बडा नम्बर २२ को अगुवा तथा कृयाशील कार्यकर्ता भेला मनीयारीमा सम्पन्न भएको छ । पार्टीका जिल्ला अध्ययक्ष प्रदिप यादवको प्रमुख अतिथ्य र सत्यदेव ठाकुर को अध्यक्षतामा शनिबार विहान सपन्न भएको हो । कार्यक्रममा बोल्दै जिल्ला अध्यक्ष प्रदिप यादवले कांग्रेस, एमाले र माओवादी केन्द्र मधेसका ठुलोसत्रु भएकोले स्थानिय चुनवामा यीतीनै दलबाट सावधान रहन जनतालाइ आग्रह गर्नुभएको थियो । नेता यादवले विभिन्न खोलहरु ओढेर मधेसमतदालाइ ठग्न विभिन खोलहरु आढेर आएकोले सावधान रहन बताउदै मधेस आन्दोलनको शहिदहरुको बलिदानिलाइ समझदै तीनै दललाइ झाडुलगाएर बढार्ने वेला आएको बताउनु भयो । उहाले मधेस आन्दोलनको मागंलाइ पुरा गराउन संघीय समाजवादी फोरमको चुनाव चिन्ह मशालमा मतदिएर जिताउन आग्रह समेत गर्नुभयो ।

उक्त अगुवाकार्यकर्ता भेलाले वीरगन्जमहानगर वार्डनम्बर २२ मनियारीको वडासमिती सत्यदेव ठाकुरको अध्यक्षतामा गठन गरेको छ । ३३ सदसीय उक्त वडासमितीको उपाध्यक्षमा ओमप्रकाश प्रसाद चौरसिया, सविच सिकेन्द्र यादव, सहसचिव प्रदिप कुमार चौरसिया, कोषाध्यक्ष अशोक कुमार साह रहेका छन् । त्यसतै भेलाले ७ सदसीय सल्लाहकार समिती समेत चयन गरेको छ । कमल साह तेलीको संयोजकत्वमा गठन भएको सल्लाकार समितीको सदस्यमा वीरेन्द्र यादव,ग्यासुदिन मिया ,राजकिरण महतो प्रमहंश यादव र भरतसाह कानु रहेका छन् ।

Back to top