×

वीरगन्ज २८ साउन मधेश फाउन्डेशन नेपालद्धारा बीरगज माहानगरपालीका वार्ड ९ गोशवारा टोलमा दुई महिने निःशुल्क बयुटिसयन तालिमको सुरुभएको छ । तामिलको उदघाटन गर्दै संघीय समाजवादी नेपालका पर्सा जिल्ला अध्यक्ष प्रदिप यादवले मधेसीको महिलाको विकासले नै सबल मधेस बन्ने धारणा व्यक्त गर्नुभयो । नेता यादवले मधेसी समाजमा रहेका पुराना बिकृतीहरुलाइ विस्थापित गर्दै अगाडि बढनु पर्ने धारणा व्यक्त गर्नुभयो । उहाले सबल मधेसको स्थापनाको लागी विभिन्न रोजगार मुलक तालिमको आवश्कता रहेको बताउदै मधेस फाउन्डशनले सुरुगरेको निशुल्क तालिमले महिलाको आयआर्जनमा सहयोग पुग्ने आशा समेत व्यक्त गर्नुभयो ।सो कार्यक्रमको अध्यक्षता फोरम नेपाल पर्साका नेता ध्रुव कार्कीले गर्नुभएको थियो भन्ने कार्यक्रम सचालन पार्टी का नेता मनोज कलवारले र्गनु भएको थियो ।

Back to top