×

वीरगन्ज २५ साउन बिरगंज कलेजको आयोजनामा दौड प्रतियोगीता सम्पन्न भएको छ । कलेजले तेस्रो वार्षिक उत्सवको उपलक्ष्यमा आयोजना गरेको दौड प्रतियोगिता घण्टाघर, अलखियामठ, २ नं. रोड हुदै माईस्थान, घण्टाघर गरी ३ किलो मिटर सम्मको दुरी तय गरेको थियो र उक्त प्रतियोगितामा ९ जना छात्रा सहीत ४३ जना बिद्यार्थि सहभागी रहेको कलेजका शिक्षक चन्द्रीका पटेलले जानकारी दिएका छन् । प्रतियोगितामा छात्रा तर्फ पुनम सुवेदी, रुपा कुमारी मण्डल, गुजंन पटेल क्रमस प्रथम, दोस्रो र तेस्रो भएका थिए भने छात्र तर्फ उपेश पटेल, संजय मंडल र शुशिल पटेल क्रमस प्रथम, दोस्रो र तेस्रो भएका थिए । प्रतियोगिता जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरिक्षक चक्रराज जोशीको प्रमुख आतिथिमा सम्पन भएका थिए । उक्त प्रतियोगितामा कलेजका अध्यक्ष दिपेन्द्र कुमार चौधरी, कलेज प्रमुख बिनोद गुप्ता, प्रशासन प्रमुख सुरेसश चौधरी, शिक्षक अजय साह, रुदल ठाकुर, नरेश साह, रियाजुल हवारी, धर्मेन्द्र जयसवाल, अनुराधा चौरसिया, दर्शन, चन्दन तथा कक्षा ११, १२ बि.बि.एस. का ४०० जाना बिद्यार्थिको उपस्थिति रहेको थियो ।

 

Back to top