पर्सामा महिला हिंसाकाे घटनाहरुमा ८ सय ६० वटा मात्र उजुरी परेको छ

277

Share
  •  
  •  
  •  

वीरगन्ज २५ साउन पर्सा जिल्लामा महिला माथि हुने विभिन्न किसिमका हिंसाका घटनाहरुमा बृद्धि भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ । गत आर्थिक वर्ष २०७३÷७४ मा जिल्ला प्रहरी कार्यालय पर्साको महिला तथा बालबालिका सेवा केन्द्रमा महिला माथि भएका विभिन्न किसिमका हिंसा सम्बन्धि एक हजार तीन सय २५ वटा उजुरी परेको छ । जुन अघिल्लो आर्थिक वर्ष २०७२÷०७३ को भन्दा झण्डै डेढ गुणाले बढि भएको केन्द्रमा कार्यरत प्रहरी हवल्दार राज कुमारी थापाले बताउनु भयो । अघिल्लो आर्थिक वर्ष २०७२÷०७३ मा महिला तथा बालबालिका सेवा केन्द्रमा महिला माथि भएका विभिन्न किसिमका हिंसा सम्बन्धि आठ सय ६० वटा मात्र उजुरी परेको थियो । गत आर्थिक वर्ष २०७३ ÷०७४ को साउन देखि असार मसान्त सम्म महिला हिंसा सम्बन्धि परेका उजुरी मध्ये सबै भन्दा बढि घरेलु हिंसाका घटनाहरु रहेको मपहला तथा बालबालिका सेवा केन्द्रमा कार्यरत प्रहरी हवल्दार राज कुमारी थापाले जानकारी दिनु भयो । त्यसमा पनि दाइजोको बहानामा महिलालाइ प्रताडित गरेका उजुरीहरु बढि रहेको उहाले बताउनु भयो । यस्तै मादक पदार्थ सेवन गरेर पतिले पत्निलाइ कुटपिट गरेका घटनाहरु पनि बढि संख्यामा आउने गरेको जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेवा केन्द्रले जनाएको छ ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here