एमालेको वडा नं.७ मा बालक देखि विध्रा सम्म पार्टी प्रवेश

554

Share
  •  
  •  
  •  

वीरगंज २५ साउन, नेपाल कम्युष्टि पार्टी एमालेको वीरगंज महानगरपालिकाको वडा नंं. ७ मा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।
पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्रमुख अतिथि नेकपा एमालेबाट वीरगंज महानगरपालिकाको मेयरको उम्मेदवार बसरुदिन अंसारीले नेकपा एमाले जनताको सुख दुःखमा साथ दिने पार्टी भएकोले यसमा पार्टी प्रवेश गर्नेहरुको लहर बढदै गएको चर्चा गर्नु हुदै पार्टी प्रवेशले नेकपा एमाले अझ बलियो भएको बताउनु भयो । बालक देखि विध्रा सम्म नव प्रवेशीहरुलाई टिका लगाएर स्वागत गर्नु हुदै प्रमुख अतिथि अंसारीले असोज २ गते हुन लागेको स्थानिय तहको निर्वाचनमा इमान्दारीताका साथ सहयोग गरेमा नेकपा एमालेलाई पर्सामा कुनै पनि शक्तिले हराउन नसक्ने दाबी गर्नु भयो । आफु मेयरको उम्मेदवार लगायत नेकपा एमालेका सम्पूर्ण उम्मेदवारलाई जिताएमा शिक्षा, स्वास्थ्य, यातायात, रोजगारी लगायतमा सोंचेको जस्तो विकास हुने बताउनु भयो ।
इन्दु रञ्जीतकारको अध्यक्षतामा भएको कार्यक्रमहरुमा कल्पना रञ्जीतकार, अमिता प्रधान, जमुना देवी, मिना देवी डंगोल, गिता देवी रौनियार, माला देवी साह, रेनु डंगोल, तेतरी देवी पटेल, सन्नी शर्मा, एतुका श्रेष्ठ लगायत २ दर्जन महिलाहरु विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका हुन ।
कार्यक्रममा युवा नगर अध्यक्ष इमरान हुसैन, शिव कुमार अग्रवाल, प्रवेज अंसारी, दिलिप सिंह, पप्पु सिंह लगायतको सक्रिय सहभागीता रहेको थियो ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here