२ लाख मुल्य बराबरको खैनी भन्सार बुझाइयो

795

Share
  •  
  •  
  •  

वीरगंज, २४ साउन अवैध रुपमा भन्सार छलि वीरगंज भित्र्याएको सुर्ति प्रहरीले बरामद गरि भन्सारमै बुझाएको छ । वीरगंज १६ इनरवाइपास हुँदै ल्याइरहेको अवस्थामा प्रहरीले चेकजाँच गर्दा २ सय केजी खैनी बरामद गरेको हो । बरामद गरेको खैनी २ लाख मुल्य बराबर रहेको छ ।
बरामद खैनी आवश्यक कारवाहिका लागि भन्सार कार्यालयमा बुझाइएको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक अनिष कर्णले जानकारी दिनुभयो ।
चेकजाँचका लागि प्रहरी रहेको देखे पछि खैनी लिएर आएका तस्कर खैनी छाडेर भागेको कर्णले बताउनुभयो ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here