×

वीरगन्ज २४ साउन रानीघाट रामगढवा सडकखण्डको खाल्डो पुर्ने कार्य संघीय समाजवादी फोरम नेपालले गरेको छ । पर्सा जिल्लाको जनताको लागी वीरगन्जको मुख्य प्रवेशद्वारको रुपमा रहेको रानीघाट रामगढवा सडकखण्डमा गत हफ्ता आएको बाढि पछी सडक भत्किदा र कटानमा पर्दा उत्पन्न समस्यालाइ मध्यनजर गरी फोरम नेपालले सडकमा भएको खाल्डाहरु पुर्ने कार्य गरेका छन ।

बिगत एक हप्ता देखी वीरगन्ज र वरिपरि क्षेत्रमा परिरहेको अबिरल बर्षाको कारण सिरिसिया खोलामा आएको बाढीले वीरगन्ज वडा नं २४ रामगढवा स्थित सडकखण्ड भत्के र कटानमा परेपछि स्थानीय जनतालाइ समस्या भएको थियो । वीरगन्जको सहरी क्षेत्रलाइ पर्साका विभिन्न गाउँहरु संग जोड्ने मुख्य सडकको रुपमा विगतको समयमा प्रयोग हुँदै आएको सडक बाढिको पानिले भत्केपछि आवतजावत गर्न समेत समस्या भएको थियो । उक्त बाटोको स्थलगत निरक्षण गरि पार्टीका मधेस प्रदेश कोषाध्यक्ष विजय कुमार सरावगी, केन्द्रिय सदस्य एवं पुर्व मन्त्रि करिमा बेगम जिल्ला अध्यक्ष प्रदीप यादव लगायतका नेता तथा कार्यकर्ताहरुले सम्बन्धित निकायलाई ज्ञापन पत्र बुझाउदै ध्यानाकर्षण गराका थिए ।

Back to top