×

वीरगन्ज २४ साउन पथलैया मध्य क्षेत्रमा एक वर्ष भित्र भएको सडक दुर्घटनामा सात सय ३५ जनाले ज्यान गुमाएको मध्य क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय, पथलैयाले जनाएको छ ।

आर्थिक वर्ष २०७३/०७४ भित्र मध्य क्षेत्रका सोह्र जिल्लाका विभिन्न स्थानमा सडक दुर्घटनाबाट ७ सय ३५ जनाले ज्यान गुमाएका हुन ।

बारा जिल्लामा मात्रै दुर्घटनामा परी एक वर्षमा ५३ जनाले ज्यान गुमाएका छन् ।

आर्थिक वर्ष २०७३/२०७४ मा भएको एक हजार ६९ वटा सवारी दुर्घटनामा परी सात सय ३५ जनाको ज्यान गुमाएको र विभिन्न दुर्घटनामा परी एक हजार चार जना गम्भीर घाईते र एक हजार एक सय दुई जना सामान्य घाईते भएका थिए ।

सड्कमा अत्याधिक सवारी चाप, चालकको लापरवाही र ट्राफिक नियम उल्लघन जस्ता कारणले बढि दुर्घटना भएको ट्राफिक कार्यालयले जनाएको छ ।

ट्राफिक नियमको उलंङ्खन गरेर सवारी चलाउँदा धेरै दुर्घटना हुने गरेको मध्य क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय पथलैया बाराका प्रमुख सुरेन्द्र मैनालीले बताए ।

दुर्घटनाको प्रकृति हेर्दा सबै भन्दा बढी ६५ प्रतिशत दुर्घटना चालकको लापरवाहीले भएको प्रहरीको तथ्याङ्कमा छ । दुर्घटना बढी हुनुको दोस्रो कारण तिव्र गति हो भने मादक पदार्थ सेवन, ओभर लोड, अनावश्यक ओभरटेक र चौपायाका कारण पनि दुर्घटना बढेको ट्राफिक प्रहरीले जनाएको छ । आर्थिक वर्षमा दुर्घटनाको तथ्याक हेर्दा सबै भन्दा बढी मोटरसाईकल दुर्घटना भएको छ .

Back to top