निर्वाचनमा सहभागी नहुने राजपा केन्द्रीय समितिको निर्णय

714

Share
  •  
  •  
  •  

वीरगन्ज २४ साउन राष्ट्रिय जनता पार्टी (राजपा) आफूले उठाएका माग पूरा नभएसम्म चुनावमा नजाने भएको छ ।
काठमाडौंमा मंगलबार सकिएको केन्द्रिय समितिको बैठकले पार्टीले उठाएका संविधान संशोधन, स्थानीय तहको संख्या थप लगायत माग सरकारले पूरा नगरेसम्म यथास्थितिमा तेश्रो चरणको स्थानीय चुनावमा पनि भाग नलिने निर्णय गरेको नेता जितेन्द्र सोनलले जानकारी दिनुभयो ।
बैठकमा केही नेताहरुले चुनावलाई उपयोग गर्दै सरकारसँगका माग यथावत राख्नुपर्ने माग गरे पनि बैठकमा माग पूरा नहुन्जेल चुनावमा जानु नहुनेमा अध्यक्ष मण्डलका सवै नेता एकमत रहेको नेता सोनलले जानकारी दिनुभयो ।
तीन दिनसम्म चलेको बैठकमा ३० वटा समूह बनाएर विभिन्न विषयमा छलफल भएको थियो । बैठकले राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरले पेश गरेको प्रस्ताव परिमार्जनसहित पारित गर्नका साथै पार्टीको विधान, घोषणापत्र लगायतबारे उठेका कुरा समावेश गर्न समिति बनाउने निर्णय पनि भएको नेता सोनलले जानकारी दिनुभयो । केन्द्रीय समितिको आधिकारिक निर्णय भने बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने जनाइएको छ । पार्टीको विधान र नियमावली लगायतको दस्ताबेजलाई संशोधन गर्न समितिको जिम्मा दिने निर्णय भएको छ ।
त्यस्तै बुधबार जिल्ला संयोजकहरुसँग छलफल हुनेछ ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here