×

राैतहट २२ साउन रौतहटको गरुडा नगरपालिकामा सडक निर्माणका क्रममा माटो निकाल्दा बनेका खाल्डोमा जमेको पानीमा डुबेर शनिबार चार बालिकाको मृत्यु भएपछि स्थानीयले रौतहट बन्द गराएका छन् ।गरुडा-४ स्थित इलाका प्रहरी कार्यालयनजिकै गौर-चन्द्रनिगाहपुर सडक खण्डछेउको ठूलो खाल्डोमा जमेको पानीमा डुबेर शनिबार चार बालिकाको मृत्यु भएको थियो । परिवार, आफन्त तथा छिमेकीले छितटो सडक मर्मत गर्न, क्षतिपूर्ति दिन लगायतका माग राख्दै आज सडक बन्द गराएका हुन् ।

खाल्डोमा परी गरुडा-४ का १२ वर्षीया सुनिता साह, ९ वर्षीया संगीता साह, ९ वर्षीया नै सुनैना साह र सोही उमेरकी सुस्मिता साहको मृत्यु भएको थियो ।

Back to top