×

वीरगन्ज, २१ साउन समाजवादी युवा फोरम नेपाल वीरगन्ज महानगरको अगुवा युवा कार्यक्रता भेला आज सम्पन्न भएको छ । वीरगन्ज स्थित वर्णवाल धर्मशालामा आज युवा फोरमका महानगर अध्यक्ष सद्दाम हुसेनको अध्यक्षता, संघीय समाजवादी फोरम नेपालका तराई मधेस प्रदेश कोषाध्यक्ष विजय कुमार सरवागी प्रमुख आतिथ्य तथा पार्टीका जिल्ला अध्यक्ष प्रदिप यादव, केन्द्रिय सदस्य एवं पुर्व मन्त्रि करिमा वेगम, तराई मधेस प्रदेश सचिव सलौदीन अहमत, वैकल्पिक केन्द्रिय सदस्य फोराज मन्सुर, नगर अध्यक्ष मुकेश द्विवेदी, उपाध्यक्ष दोय शेख, रूषतम, घनशयाम गुप्ता, युवा फोरम नेपालका जिल्ला अधयक्ष शेख़ जलसुदिन, कोषाध्यक्ष असलम आलमको विशेष उपस्थितिमा सम्पन्न उक्त कार्यक्रम समापन भएको छ ।

कार्यक्रमलाइ सम्बोधन गर्दै जिल्ला अधयक्ष प्रदीप यादवले मधेस आन्दोलनको उपलब्धि बचाउन सबै युवाहरूले एकबद्ध भई मसाल चुनाव चिन्हमा छाप लगाएर जिताउन आग्रह गरेका थिए । वहाँले, "हामीले मधेस आन्दोलनको बेला कांग्रेस एमालेका सरकारी पुलिसको गोली छातीमा खाएका थिए भन्ने अहिले तयही उपलब्धी बचाउन बन्दूक़को जवाब बायलटको मसाल चुनाव चिन्हमा छाप लगाएर मधेश बिरोधीलाई जवाब दिनु पर्छ" बताउनु भयो । उक्त कार्यक्रमका प्रमुख अतिथी विजय सरावगीले चुनाव लाई पनि संघर्षको रूपमा लिन अनुरोध गरेका थिए, वहाँले आफ्नो पार्टीलाइ जिताउनु सबै समक्ष अनुरोध गरेका थिए । मधेश अान्दोलनको उपलब्धी बचाउन मसाल चुनाव चिन्हमा छाप लगाउन अनुरोध गर्दै , युवाको मार्फत मात्र परिवर्तन सम्भव भएको बताए ।

Back to top