×

वीरगन्ज २१ साउन वीरगंजको छपकैयामा रहेको विद्यासागर एकेडेमीका विधार्थीहरुले मानव सेवा आश्रम विरगंजमा विभिन्न सामाग्री सहयोग गरेका छन् । दैनिक खाजा खर्च कटाएर विधार्थीहरूले आश्रमका लागि विभिन्न खाद्यान्न सामाग्री सहयोग गरेका हुन् । विरगंजको श्रीपुर स्थित मानव सेवा आश्रममै पुगेर विद्यासागर एकेडेमीका विधार्थीहरुले चामल ६० किलो, आलु २० किलो, प्याज १३ किलो, नुन ५ प्याकेट, तेल ५ लिटर, विष्कुट १ कार्टुन र फलफूल हस्तान्तरण गरेको आश्रमकी संयोजक अंशु कार्कीले जानकारी दिनुभयो । कार्यक्रममा विद्ययालयका विद्यार्थीद्वय तबसुम जहाँन र दिवाकर चौधरीले मानवीय सेवाको कार्य गर्न पाउँदा खुशी लागेको बताएका थिए । कार्यक्रममा विद्यासागर एकेडेमीका शिक्षकहरू कृष्ण ओली, रामबाबु महतो, पत्रकार सुरेश बिडारी, आँशु सर्राफले विध्यार्थी भाईबहिनीहरूले गरेको सेवा कार्यको प्रशंसा गर्दै मानव सेवा भन्दा ठूलो धर्म अरु कुनै नभएको बताएका थिए । मानव सेवा आश्रमले सेवा शुरु गरेको पाँच वर्ष पुरा भएको शुभ अवसरमा आज साँझ मुख्य कार्यालय हेटौंडा र शाखा विरगंज लगायत ७ वटै शाखामा दिप प्रज्वलन गरिने आश्रमका देवेश गुप्ताले जानकारी दिनुभयो ।

Back to top