×

वीरगन्ज २० साउन तपाईको सुरक्षा हाम्रो सरोकार नाराका साथ आज वीरगन्जमा सामुदायीक प्रहरी मिनाबजार , ट्राफिक प्रहरी र वडा प्रहरी कार्यालय विर्ताको आयोजनामा ट्राफिक सम्बन्धि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएका छ ।

कार्याक्रममा सामुदायीक पदाधिकारी, वडा प्रहरी कार्यालय बिर्ता र जिल्ला ट्राफिक कार्यालयका प्रहरीहरुको उपस्थितिमा ट्राफिक सम्बन्धि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो । सामुदायीक सेवा केन्द्र मिनाबजारको उपाध्यक्षको अध्यक्ष र वडा प्रहरी कार्यालय र्विताका प्रमुख अनिष कर्णको उपस्थितीमा वीरगन्जको मेन रोडमा गाडी चालकहरुलाई ट्राफिक जनचेतनामूलक पर्चा बितरण सिट बेल्ट बाध्न, ड्राइभिङ्गको बेला फोनमा कुरा नगर्न, तिब्र गतिमा सबारी नचलाऔ, जथाभावी पार्किङ नगरौ लगायतका विषयमा जानकारी गराए चालकहरुलाई कर्णले जानकारी गराएका थिए ।

Back to top