×

वीरगन्ज १९ साउन संघीय समाजवादी फोरमको नगरस्तीय भेलाले मुकेश द्धिवेदीको अध्यक्षतामा वीरगन्ज महानगरपालीकाको नगरसमिती पुर्नगठन गरेको छ । नगरसमितीका उपाध्यक्ष प्रभु चौरसीयाको अध्यक्षतामा बिहिबार दिउसो वीरगन्जको गोपालमन्डलीमा सम्पन्न नगरस्तरीय भेलाले नगर स्तरीय युवा तथा महिलासमिती समेत गठन गरेको छ । केन्द्रिय सदस्य वीरेन्द्र यादवको प्रमुख आतिथ्य र पुर्वमन्त्री करिमावेगमको विशिष्ट आतिथ्यमा सम्पन्न भएको भेलाले वीरगन्ज महानगपालीकाको नगरस्तरीय युवा समितीको अध्यक्षमा सदाम हुसेन र महिलासमितीको अध्यक्षमा प्रेमासिहलाइ मनोनित गरेको छ ।मुकेश द्धिवेदीको अध्यक्षतामा गठन भएको ५१ सदसीय महानगर समितीको उपाध्यक्षमा घनश्याम गुप्ता,प्रकाश शर्मा,शेखरुषतम,सचिव राजिव कुमार सर्राफ,सहसचिव शंकर साहकानु र कोषाध्यक्ष शिवनाथ राउत कुर्मि रहेका छन् । पार्टीका जिल्ला अध्यक्ष प्रदिप यादव,मधेस प्रदेश सचिव सल्लाउदिन अहमद,कोषाध्यक्ष विजय सरावगी जिल्ला सचिव नागेन्द्र यादव र कोषाध्यक्ष रविन्द्र बर्णवालको लगायत केन्द्रिय तथा जिल्ला स्तरिय नेताहरु समेतको आतिथ्यमा सम्पन्न भएको भेलाले गठन गरेको युवासमितीको बरिष्टउपाध्यक्ष प्रद्युमन यादव,उपाध्यक्षभुलन सर्राफ,सचिव प्रदिप गुप्ता,सहसचिव आकाश चौधरी,कोषाध्यक्ष रविशर्मा लगायत ३१सदसीय रहेको छ । यसैगरि महिला नगरसमितीको बरिष्टउपाध्यक्ष उमागीरी, उपाध्यक्ष इन्दु मेहता सचिव रेणु कर्ण,सहसचिव ममता सिह र कोषाध्यक्ष नइमा खातुन लागत २१ रहेको छ । ।पार्टिको पुर्नगठित महानगर समिती युवा तथा महिला समितीका पदाधिकारीहरुलाइ शुभकामना तथा बधाइ दिदै पार्टीका नेताहरुले आगामि अशोज २ गते हुने स्थानिय चुनावलाइ जिवन मरनको सवाल बनाउन बताएका थिए । भेलामा सहभाती पार्टीका केन्द्रिय सता जिल्ला स्तरीय नेताहरुले मधेस आन्दोलनलाइ सफल बनाउन फोरमका सबैउम्मेदवारहरुलाइ जिताउन आजैदेखि युद्धस्तरमा लागन कार्यकर्ताहरुलाइ निर्देशन समेत दिएका थिए ।

Back to top