राजपा संयोजक ठाकुर र असन्तुष्ट नेताहरुबीच वार्ता पद व्यवस्थापन गर्नु पर्ने माग

418

Share
  •  
  •  
  •  

वीरगन्ज १९ साउन पार्टी एकीकरण पछि असन्तुष्ट बन्दै आएका राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेताहरु र पार्टी संयोजक महन्थ ठाकुरबीच वार्ता भएको छ ।विहीबार विहान विजुलीबजारस्थित तराई मधेश लोकतान्त्रिक पार्टीको पुरानो कार्यालयमा वार्ता भएको हो । एकीकरणमा आफुहरुलाई उचित स्थान नदिएको भन्दै अन्तुष्ट बन्दै आएका नेता हृदेयश त्रिपाठीसहितका नेताहरु वार्तामा थिए । वार्तामा नेता सर्वेन्द्रनाथ शुक्ला र बृजेश गुप्ता पनि सहभागी भएको बुझिएको छ । दिउँसो ११ बजेदेखि पदाधिकारी बैठक हुनुअघि ठाकुर र नेताहरुबीच वार्ता भएको हो । वार्तामा ठाकुरले जारी पदाधिकारी बैठकमा सहभागी हुन आग्रह गरेका थिए । असन्तुष्टहरु कै लागि पदाधिकारी बैठक डाकिएको भन्दै ठाकुरले बैठकमा सहभागी हुन उनीहरुलाई आग्रह गरेका हुन् । त्रिपाठीसहितका नेताहरुले पद व्यवस्थापन गर्नु पर्ने माग राखेको स्रोतले जनाएको छ ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here