×

वीरगंज १९ साउन वीरगंजमा बुधबार राति देखी परेको वर्षाका कारण वीरगंजको हरेक टोल र गल्ली तथा सडक जलमग्न भएपछि नगरवासीलाई सास्ती भएको छ । विद्यालय जाने बालबालिका देखी कार्यालय जाने मानिस सबैलाई सडकमा पानी जमेर ताल बनेका कारण समस्या भएको हो । हरेक वर्ष वर्षायाममा सडक तथा टोलमा जम्ने वर्षाको पानीको समस्याबाट यस वर्ष मुतिm पाईन्छ भन्ने आशामा रहेका वीरगन्जवासी यस वर्ष पनि वर्षाको मौसममा सास्ती खेप्न बाध्य भएका छन् । वर्षाका बेला सडकमा पानी जमेर हुने समस्याबाट वीरगंजवासीलाई मुतिm दिलाउने उद्देश्यले एडिबीको ऋण सहयोगमा एकिकृत मझौला सहरी विकास तथा बातावरणीय सुधार आयोजना अन्तर्गत ढल तथा नाला निर्माण कार्य समयमा नसकिदा नगरवासीहरु झन समस्या खेप्न बाध्य भएका हुन् ।

यसैविच बुधबार रातिदेखि परेको अविरल बर्षाका कारण पर्सा जिल्लाको सदरमुकाम वीरगञ्जसँग ठोरीको सडक सम्पर्क टुटेको छ । ठोरी देखि चितवन जिल्लाको सदरमुकाम भरतपुरसँगको सडक सम्पर्क पनि टुटेको छ । बुधबार रातिदेखी परेको वर्षाका कारण ठोरीको ठुटेखोला, ढेडुखोलामा बाढी आएपछि ठोरीबाट बीरगंज र चितवनको भरतपुर जाने यात्रुबाहक बसहरु ठोरीमै रोकिएको इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक लोकेन्द्र सिंह गुरुले जनकारी दिनुभयो । पानी पर्न नरोकिएकाले बाढीको जोखीम झन बढ्न सक्ने भएकोले उच्चा सुरक्षा सतर्कता अपनाइएको र बाढीबाट मानवीय तथा भौतिक क्षति नपुगोस भनेर प्रहरी बिहानै देखि चनाखो भएर बसेको प्रहरी निरीक्षक गुरुले बताउनुभयो । बाढीले ठोरीको विभिन्न ठाँउमा गरेको कटान लगायतका बारेमा बुझ्ने प्रयास भैरहेको प्रहरी निरीक्षक गुरुले बताउनुभयो । बाढीका कारण आज बिहान ५ बजे देखि ९ बजेसम्म चितवन जाने तयारीमा रहेको ३ वटा बस रोकिएको चितवन नारायणी यातायात व्यवसायी संघ उपसमितिका सचिव माधव आचार्यले जानकरी दिनुभयो । सुबर्णपुरबाट चितवन हिंडेको बस पनि ठुटेखोलाको बाढीका कारण ठोरी पारी नै रोकिएको उहाँले बताउनुभयो ।

Back to top