भ्रष्टाचार बिरुद्ध राजपा नेपाल वीरगंज महानगर कमिटीद्वारा धर्ना 

502

Share
  •  
  •  
  •  
वीरगंज १७ साउन राजपा नेपाल वीरगंज महानगर कमिटीले आज वीरगंजमा भ्रष्टाचार बिरुद्ध धर्ना दिएको छ । नगर अध्यक्ष ओमप्रकास सर्राफको अध्यक्षतामा आज बिहान १० देखि ५ बजे सम्म घण्टाघरमा धर्ना दिइएको थियो । संसदिय बिकास कोषको रकम पार्दशी  र जनतामुखी हुनुपर्ने , जिल्ला समन्वय  समिती र नगरपालिका बाट पेश्की लिई काम नगर्नेको सुचि प्रकाशित गरी कारवाही गर्नुपर्ने लगायत ९ बुदें माग सहित धारणामा बसेका नेताहरुलाई पार्टीका केन्द्रिय उपाध्यक्ष सुरेन्द्र कुर्मीले फुलमाला लगाएर स्वागत गर्नुभएको थियो ।  बैठकमा राजपा नेपालका केन्द्रिय सहमहासचिव  निजामुदिन समानी, केन्द्रिय सदस्य रम्भा मिश्रा, मिनु ठाकुर, जिल्ला उपाध्यक्ष  ईश्वर यादव,सचिव धर्मेन्द्र पटेल, श्रीराम गिरी, नेताहरु सुरेश साह कानु,  कोषाध्यक्ष पन्नाला पटेल, सचिव संजय पटेल ,रिजवी खालिद , मुनी श्रीवास्ताव, अनिता रौनियार,रेखा साह, समाजसेवी वृजेश चौधरी ई.शुभनारायण कुर्मी,लगायतको उपस्थिती रहेको थियो । धारणा कार्यक्रममा बिभिन्न संघ संस्था र व्यक्तिहरुले  एक्यवद्धता जनाएको नगर अध्यक्ष ओमप्रकास सर्राफले जानकारी दिनुभयो ।  भ्रष्टाचार नियन्त्रणका लागि निरन्तर दवाव दिदै आएको राजपा नेपालले साउन छ गते सर्वपक्षयि अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेका थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here