×

वीरगन्ज १६ साउन वीरगन्जको ठाकुर राम बहुमुखी क्याम्पससंग बिभिन्न माग राख्दै क्यम्पस प्रमुख डा। प्रमोद कुशवाहालाई विद्यार्थी नेता निखिल बर्णवालको नेतृत्वमा गएका ३ वटा बिद्यार्थी संगठनका अगुवाले एउटा ज्ञापनपत्र बुझाउदै आफ्ना मागहरु पुरा गर्न ४ दिने अल्टिमेटम दिएका छन् ।

ज्ञापनपत्रमा स्नातोकोत्तर तहमा अनियमित किसिमले कर्मचारी भर्ना गरिएकोमा सच्याउनु पर्ने, बितेका २ आर्थिक बर्षको आर्थिक प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, इ लाईबे्ररीको ब्यवस्था गर्न, दोस्रो उच्च शिक्षा परियोजनाको तथ्यांक संकलन गरी नबुझाइएकोमा त्यतातर्फ आवश्यक कदम चाल्न, शैक्षिक ब्यवस्थापन सूचना प्रणली लागु गर्न, नियमित कक्षा संचालन लगायत ९ वटा माग रहेका छन् ।

संघीय समाजवादी विद्यार्थी फोरमका केन्द्रीय सदस्य बर्णवालसंगै, अखिल क्रान्तिकारीका शिवम् साह र अखिलका अजित साहले बिज्ञप्तिमा हस्ताक्षर गरेका छन् । आफुहरुले क्याम्पस तथा विद्यँर्थीहरुको हकहित संग सम्बन्धीत विषयमा ज्ञापनपत्र बुझाएको र क्याम्पस प्रसाशनले सुनुवनई नगरे चरणबद्ध बिरोध कार्यक्रम गर्न बाध्य हुने बर्णवालले प्रतिक्रिया दिए ।

Back to top