×

नयाँदिल्लीमा आयोजना भइरहेको इन्डियन काउचर विकमा नायिका शिल्पा शेट्टीले पनि र्याम्पवक गरेकी थिइन् । उनले डिजाइनर मोनिषा जयसिंहका लागि र्याम्पवक गरेकी हुन् । तर शिल्पाले लगाएको गाउन यति लामो थियो कि त्यो उनको लागि समस्या बन्यो । गाउन उनको खुट्टामा अल्झिएकाले शिल्पालाई हिँड्न नै समस्या भइरहेको थियो । उनले आफूलाई निकै सम्हाल्दै र्याम्प वक गर्नुपरेको थियो । मोनिषा कार्यक्रमकी शो–स्टपर पनि थिइन् । हेर्नुहोस्, फोटो

Back to top